काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ८ लाख १६ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
कम्पनीले गत माघ २७ गते संस्थापक शेयरधनी नेपाल इन्भेष्टमेन्ट प्रालिको नाममा रहेको उक्त शेयर संस्थापक सेयरधनीले मात्र खरीद गर्न मिल्ने गरी ३५ दिने सूचना प्रकाशित गरेको थियो ।
जसमध्ये ८ लाख १६ हजार कित्ताका लागि आवेदन नपरेकाले कम्पनीले पुनः सूचना प्रकाशन गरि बिक्रीमा रहेको जनाएको छ ।
उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक सेयर बाहेकका अन्य व्यक्ति तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।
सेयर खरिदका लागि आजैका मितिले १५ दिनभित्र नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको व्यवस्थालाई परिपालन गरेको प्रमाणित हुने कागजात सहित कम्पनीको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।
वि.सं.२०७८ चैत १४ सोमवार १२:०० मा प्रकाशित