back
NMB ad

प्रधान कार्यालय भवन निर्माणका लागि जग्गा खोज्दै सानिमा जनरल इन्स्योरेन्स

Kumari bank ad

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधान कार्याय भवन निर्माणका लागि जग्गा खरिद गर्ने भएको छ ।

कम्पनीले प्रधान कार्यालय भवन निर्माणका लागि काठमाडौ महानगरपालिका नक्साल, टंगाल, कमलादी, बालुवाटार, ज्ञानेश्वर, पुतलीसडक, नयारुँ बानेश्वर, त्रिपुरेश्वर तथा महाराजगञ्ज र ललितपुर महानगरपालिकाको पुल्चोक तथा कुपण्डोल क्षेत्रमा जग्गा खरिद गर्न खोजको हो ।

उक्त क्षेत्रहरुमा मूल सडकमा जोडिएको वा मूल सडकबाट २०/३० मिटर भित्र कम्तीमा २० फिटको सहायक मार्गसंग जोडिएको न्युनतम एक रोपनी जग्गा गर्न लागेको हो ।

कम्पनीले जग्गा खरिदका लागि गत माघ २७ गते प्रकाशित सूचनामा पेश भएका प्रस्तावहरु आवश्यक संख्यामा प्राप्त नभएकाले पुनः प्रस्ताव आह्वान गरेको हो ।

साविकमा पेश भएका प्रस्तावहरु यथावत रहने भएकाले प्रस्तावमा कुनै परिवर्तन हुन भएमा परिवर्तित प्रस्तावहरु पेश गर्न जग्गाधनीहरुलाई कम्पनीले अनुरोध गरेको छ ।

प्रस्ताव पेश गर्दा जग्गाधनीको पुर्जाको प्रतिलिपि, जग्गाधनीको नागरिकताको प्रतिलिपि वा फर्म/कम्पनी/संस्था भए दर्ता प्रमाण पत्र, अद्यावधिक कर चुक्ताको प्रमाण पत्र तथा संचालनक समितिको निर्णयको प्रतिलिपि, ब्लु–प्रिन्ट, ट्रेस नक्सा र लोकेशन म्याप, जग्गाको प्रति आना मूल्यसहित विवरण हुनुपर्नेछ ।

जग्गा बिक्री गर्न इच्छुक जग्गाधनीहरुले आजैका मितिले १५ दिनभित्र कम्पनीको प्रधान कार्यालय कमलादीमा पेश गर्नुपर्नेछ ।

प्राप्त प्रस्तावहरु स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार कम्पनीमा निहित हुने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ चैत १४ सोमवार १२:३६ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...