back
NMB ad

भारतीय गाडीले नेपालमा बोक्ने ओभरलोड रोक्नुपर्छ : ट्रक व्यवसायी

Kumari bank ad

भैरहवा । यातायात क्षेत्रका समस्या प्रति सरकार गभींर नभएको गुनासो गर्दै सम्वद्ध ब्यबसायीहरुले भारतीय गाडीले नेपालमा बोक्ने ओभरलोड रोक्नु पर्ने माग गरेका छन् ।

त्यस्तै भारतीय गाडीले ठुुला डिजलका टकीं बनाएर डिजल भरेर नेपालबाट भारत लैजाने अवैध कामको पनि अन्त्य हुनुु पर्ने माग ब्यबासायीको छ ।

क्षमता भन्दा बढी सामान लिएर नेपालमा नेपाली ट्रक हिड्दा राज्यले कडाई गरे पनि भारतीय ट्रकको ओभरलोडमा राज्य उदार रहेको ब्यबसायीहरुको गुनासो छ ।

लुम्विनी लुम्विनी ट्रक यातायात ब्यबसायी सघं शिद्धार्थनगरको शुुक्रवार भैरहवामा भएको १० औ साधारण सभा तथा पाचौ अबिधेसनमा कार्यक्रममा बोल्दै ब्यबसायीहरुले राज्यले वेवास्ता गर्दा ट्रक यातायत क्षेत्र धरासायी भएको र ब्यबसायीहरु पलायएन हुने अवस्थामा पुगेको बताए ।

पेट्रोलीयम पदार्थमा भारी मुल्य बृद्धी हुुँदा समेत ढुुवानीमा भाडा समायोजना नभएको भन्दै ब्यबसायीहरुले तत्काल भाडा बढाउन समेत माग गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात ब्यबसायी महासघंका अध्यक्ष राजेन्द्र कुुमार श्रेष्ठले कोरोनाका कारण थला परेको यातायात क्षेत्र अहीले भाडा समयोजन नहुुदाँ थप समस्यामा परेको बताउनुुभयो । ट्रक ब्यबसायीले गरेको योगदान राज्यले बुुझ्न नसकेको भन्दै उहाँले कहीले काही ब्यबसायी एक नहुुदा समेत राज्यले आफुुहरुलाई बेवास्ता गरेको बताउनुुभयो ।

उहाँले भारतबाट आएका १५/२० बर्ष पुराना र क्षमता भन्दा बढी सामान लिएर आएका ट्रकहरुलाई भन्सार बिन्दुमै रोक्नु पर्नेमा जोड दिनुुभयो ।

त्यस्तै नेपाल ट्रक यातायात ब्यबसायी महासघंका निर्वतमान अध्यक्ष अर्जुुन रानाभाटले भारतीय गाडी भन्सारबाट सिधै समान लिएर नेपालका कुना कुनामा पुग्दा नेपाली ट्रकहरु भने समान नपाएर बस्नुु पर्ने बाध्यता रहेको बताउनुुभयो ।

यस्तो अवस्थामा राज्यले भन्सार सम्ममात्र भारतीय गाडीलाई ईजाजत दिएर नेपालमा नेपाली गाडीलेनै बोन्ने बाताबरण मिलाउनु पर्ने माग उहाँको थियो ।

महासघंका बरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले नेपाल भित्र ढुवानी गर्न नेपाली ब्यबसायी सक्षम रहेको भन्दै राज्यले त्यही अनुसारको निती बनाउनु पर्नेमा जोड दिनुुभयो ।

कार्यक्रममा बोल्दै लुम्विनी ट्रक यातायत ब्यबसायी सघंका अध्यक्ष बिष्णु प्रसाद खरेलले अविलम्ब भाडा समायोजनको माग गर्दै समायोजन भएको भाडा कार्यान्वयन हुुनुु पर्ने बताउनुुभयो ।

यातायात क्षेत्रका समस्याबारे राज्यका सवै निकाय जानकार भएर पनि नितीगत ब्यबस्था सुुधार गर्न वेवास्ता भईरहेको उहाँले बताउनुभयो ।

वि.सं.२०७८ चैत १८ शुक्रवार १५:२२ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...