back
NMB ad

आज दुई कम्पनीको साधारण सभा हुँदै, लाभांश पारित लगायत यस्ता छन् अन्य एजेण्डाहरु

Kumari bank ad

काठमाडौं । आज अर्थात चैत २१ गते दुई कम्पनीको वार्षिक साधारण सभा हुँदैछ छ ।

सोमबार नेपाल लाइफ इन्स्योरेनस र सामलिङ्ग पावर कम्पनीले सभा गर्न लागेको हो । उक्त दिन हुने नेपाल लाइफ इन्स्योरेन्सको सभाले लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण सेयरको ६० बराबर ४० अनुपातलाई परिवर्तन गरी ५१.४९ प्रतिशत कायम गर्नेछ ।

यसका साथै सञ्चालक समितिमा संस्थापक शेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

यस्तै, सामलिङ्ग पावर कम्पनीले आज तेस्रो वार्षिक साधारण सभा गर्ने भएको हो ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नेछ ।

सोही दिन हुने सभाले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभाले हाल कायम सञ्चालक समितिको संख्या ११ जनाबाट घटाएर ७ जना बनाउने र कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।

यसका साथै सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट एक जना तथा समूह ‘ग’ बाट एक जना गरी २ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ ।

साधारण सभा प्रयोजनका चैत ७ गते (एक दिन) बुक क्लोज गरिसकेको छ ।

वि.सं.२०७८ चैत २१ सोमवार ०८:४० मा प्रकाशित

You can share this post!

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १२:०३

काठमाडौँ, ३१ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना...

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा उछाल, खुद बीमाशुल्क पनि बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा उछाल, खुद बीमाशुल्क पनि बढ्यो

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:५५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो...

भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु   

भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:४२

नयाँदिल्ली, ३१ वैशाख : भारतको तल्लो सदन लोकसभाको चौथो चरणको...

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी   

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:३७

प्रकाश सिलवाल काठमाडौँ, ३१ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले...

उपप्रधानमन्त्री यादवद्वारा राजीनामा   

उपप्रधानमन्त्री यादवद्वारा राजीनामा   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:२०

काठमाडौँ, ३१ वैशाखः उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र...

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री   

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:१३

चितवन, ३१ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक...