back
NMB ad

“अर्थमन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ मुलुकको लागि असमर्थ व्यक्ति”

Kumari bank ad

अनुसा थापा,

नेपालमा २०७३ सालभन्दा अघि अधिकांश समय लोडसेडिङ हुन्थ्यो । तर तत्कालिन ऊर्जा, जलस्रोत तथा सिचाँइमन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङको नेतृत्वले लोडसेडिङको अन्त्य गर्यो । उनीहरु एकाएक चर्चामा आए भने हरेक जनताले पनि देशलाई यस्तो नेतृत्वको खाँचो भएको औलाए । सबैले उनीहरुको वाहवाह गरे । मुलुकलाई उज्यालोतिर उन्मुख गराएको श्रेय पनि यी दुई जनालाई दिइयो ।

लोडसेडिङ अन्त्य गराएपछि उनीहरुलाई अन्तरवार्ता दिन भ्याइनभ्याइ थियो । घर–घरदेखि लिएर चोकचोकमा उनीहरुकै नाम लिएको सुनिन्थ्यो । उनीहरुको धेरै वाहवाह हुनुपछिको कारण धेरै थियो । पहिले दिनको आधाजसो समय त लोडसेडिङमै बित्थ्यो । बत्ती छिनछिनमा जाँदा सबै जनतालाई निकै सकस थियो । प्रायजसो कार्यालय, उद्योगहरुलाई बत्ती नहुँदा निकै कठिनाइको सामना गर्नुपरेको थियो । तर, एक नेता र कर्मचारीबिचको सहकार्यले लोडसेडिङको अन्त्य गरेपछि जनता निकै हर्षित बनेका थिए । चर्चा यतिसम्म चल्यो कि जनार्दन शर्मालाई प्रधानमन्त्री र कुलमान घिसिङलाई मन्त्री बनाउनुपर्छ भनेर समर्थकहरु सडकमा आए । निर्देशक घिसिङको कार्यकाल समाप्तीमा जनताहरु निकै उदास भएको थियो ।

केपी ओलीको सरकारले निर्देशक घिसिङको कार्यकाल अवधि थप्न चाहेन् । तर, कुलमान घिसिङलाई नै प्राधिकरणको निर्देशक बनाउनुपर्ने हरेक नेपालीको माग थियो । केपी ओलीको सरकार हट्नेबित्तिकै २०७८ असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री भए । प्रधानमन्त्री देउवा हुनेबित्तिकै सबै मन्त्रीको पद हेरफेर गरियो । जनार्दन शर्मा अर्थ मन्त्रालय पुगे भने जलस्रोत मन्त्रालयमा पम्पा भुसाल आइन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनार्दन शर्मा र पम्पा भुसालको जोडमा आएर कुलमानलाई फेरिपनि प्राधिकरणमा ल्याउन चाहे ।

सोही अनुरुप प्रधानमन्त्री देउवाको सरकारले कुलमानलाई फेरिपनि प्राधिकरणमा नियुक्ति गर्यो । विद्युत प्राधिकरणले राम्रो काम गर्छन् र जनताले हामीमाथि विश्वास गर्छन् भन्ने आश अर्थमन्त्री शर्मा, ऊर्जामन्त्री भुसाल र प्रधानमन्त्री देउवालाई थियो । कुलमानलाई प्रयोग गरेर आफ्नो पार्टीलाई अघि ल्याउने दाउ यिनीहरुमा देखिएको थियो । जनताले पनि घिसिङ र शर्माजस्तो व्यक्तित्व थप जन्मिने हो भने देशमा विकासमा मुल फुट्छ भन्ने आश गरेका थिए । तर, अहिले ठ्याक्कै त्यसको उल्टो भयो ।

पछिल्लो पटकपनि निर्देशक भएर आएका कुलमान लोडसेडिङको अन्त्य गर्न असफल भए । न प्राधिकरणमा भएको भ्रष्ट्राचार र अनियमिता रोक्न सके । जनतालाई छिटो सेवासुविधा दिन पनि उनी विफल भएको छन् । विद्युतको पैसा नतिर्ने उद्योग, सरकारी कर्मचारी, राजनितिक दलको लाइन काट्ने आँट कुलमानले गर्न सकेनन् । बत्तीको मिटर बक्स खरिद गर्दा भएको कमिशनको चलखेल रोक्न पनि कुलमान असमर्थ रहे । बरु, आफु निर्देशक भएको मौका छोपेर आफ्नो आफन्तलाई प्राधिकरणमा छिराउने काम भयो ।

पद बढुवा र सरुवा गर्ने काम पनि नभएका भने होइनन् । कतिपय ठेक्कापट्टा पनि आफ्नो आफन्तलाई दिइएको बताइन्छ । मुलुकभर ७७ वटा जिल्ला छन् । तीमध्ये कतिपय जिल्ला, नगरपालिका, गाँउपालिकामा बत्ती पुग्न सकेको छैन् । बत्ती नभएर अन्धकारमा मानिसहरु बाँचिरहेका छन् । तर, त्यस्तो जिल्लामा बत्ती पुर्याउन कुलमानले पहल गरेनन् । यता, तार व्यवस्थापनमा पनि प्राधिकरणले चासो नदिएको सर्वसाधारणहरुको आरोप छ । जथाभावीबाट तार लाँदा धेरै दुर्घटना हुने गरेको छ । एउटा घरका तीन जनाको करेन्ट लागेर मृत्यु भएको घटनापनि हाम्रै सामु छ । कारण के अव्यवस्थित तार । करेन्ट लागेर मर्नेको आफन्तलाई क्षतिपुर्ति पनि दिइदैन् भने लापरबाही गर्नेलाई कारबाहीसमेत गरिएको पाइदैन् ।

त्यसैगरी, प्राधिकरण जिम्मेवार नहुँदा बहालमा बस्नेहरु मारमा परेका छन् । बहालमा बस्नेले छुट्टै सबमिटर राख्न पनि पाउदैन् भने प्रतियुनिटको रकम पनि सरकारले तोकेभन्दा बढी तिर्नुपर्ने बाध्यता छ । सरकारले प्रतियुनिट १५ तोकेको छ भने बहालमा बस्नेले २५ रुपैंया तिरेका छन् । सबमिटर बिगारेर घरधनीले दोब्बर पैसा असुलिरहेका छन् । एउटा कोठा लिनेले तीन सय, फल्याट लिनेले १२ सय । बत्तीको प्रयोग नै नगरी यत्रो रकम तिर्न बहालवाला बाध्य छन् ।

बहालमा बस्नेलाई राहत दिन पनि उनले सकेनन् । यसबाट राज्य पनि राजस्वविहिन बनेको छ । सडकमा काठ, सिमेन्ट र फलाम गरी तीन किसिमको विद्युतीय खम्बा छन् । तीमध्ये अधिकांश खम्बा लुङगी सकेका छन् । त्यस्ता खम्बाहरु कतिखेर भाचिने हो भन्ने टुँगो छैन् । सडकमा हिड्दा पनि निस्फिक्री हिड्नसक्ने अवस्था छैन् । भाँच्चिएर खम्बा आफुमाथि पो खस्ने हो कि भन्ने डर बोकेर हिड्नुपर्छ । तापनि प्राधिकरणले यस्ता खम्बाहरु फेरबदल गर्न वेबास्ता गरिरहेको पाइन्छ । यी खम्बाहरु भाच्चिए भने धेरै ठुलो क्षति हुन सक्छ ।

इन्टरनेट कम्पनीले मँहगो शुल्क लिएर नेट जोड्छन् । नेट चलाएबापत जनताले मासिक १५ सय सम्म तिरिरहेका छन् । कम्पनीले नेट जोड्छ आफु कमाउछ तर पोल भाडा भने सरकारलाई बुझाउदैन् । प्राधिकरणले पोल भाडासमेत उठाउन सकिरहेको अवस्था छैन् । राज्यलाई राजस्व नतिर्ने नेट कम्पनीलाई कारबाही पनि गरिएन् । न उनीहरुको तार काटियो न राजस्व उठाउन कुलमान तम्तयार भए । यहाँ पनि ठुलो आर्थिक चलखेल भएजस्तो देखिन्छ । प्राधिकरणले पटकपटक टेलिफोन, विद्युत, नेट, टेलिभिजनको तार भुमिगत गर्ने दाबी गर्दै आएको छ । तर, अहिलेसम्म पनि काम सुचारु भएको देखिदैन् ।

तार भुमिगत नगर्दा आगलागी हुने सम्भावना धेरै हुन्छ । तारकै कारणले शहर कुरुप बनेको छ । अव्यवस्थित तारका कारण शहर अस्तव्यस्त बनेको छ । हिजो कुलमान चाहिन्छ भनेर माग गर्नेहरुले अहिले कहाँ छन् ? कुलमानकै नारा लगाउनेहरु अहिले किन चुप छन् ? कुलमान आउनेबित्तिकै देशको मुहार फेरिन्छ भन्दै माइतीघरमा नारा लगाउनेहरु कता हराए ? दोस्रोचोटि आएका कुलमानले असमर्थ व्यक्तित्वको छाप नेपाली जनताको दिमागमा छोडेका छन् । लोडसेडिङ हटाएर कमाएको नाम वालुवामा पानी मसाएसरह बन्यो ।

बल्लतल्ल कमाएको चर्चा केही वर्षपनि टिक्न सकेन् । अर्थमन्त्रालयमा जनार्दन शर्मा आउनेबित्तिकै देशको अर्थतन्त्र डामाडोल बन्यो । अर्थको केही ज्ञान नभएकोलाई अर्थमन्त्री बनाउदा आर्थिक संकट निम्तिएको छ । बजारमा तरतला बढ्यो भने बैंकफाइनान्स नै डुब्न लागिसक्यो । सेयर, घरजग्गा, गाडी व्यापारीहरु भुमिगत गइसकेका छन् केही हुने अवस्थामा छन् । व्यापारी र पसले नैभागाभाग भइसकेपछि वित्तिय संस्थाहरुले धमाधम कर्मचारी निकाल्दै छ । देशको अर्थतन्त्र कता जान्छ अत्तोपत्तो छैन् ।

श्रीलंकामा जस्तै नेपालमा पनि आर्थिक संकट निम्तिने छ । हाल श्रीलंकाको हरेक मन्त्रीले राजीनामा दिइसकेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाका मन्त्रीहरुले पनि राजीनामा दिन ढिलो भएन् र ? भुपु अर्थमन्त्री र भुपु अर्थविद्हरुले नेपालको अर्थतन्त्र धरासायी बनेको बारम्बार भन्दै आएका छन् । व्यापार घाटा कम गर्नुपर्नेमा उनीहरुको जोड छ । ज्येष्ठ नागरिक भत्ता र भुपु कर्मचारीहरुको पेन्सन कट्टा गर्दा केही हदसम्म अर्थतन्त्र तङग्रिन सक्ने देखिएको छ । त्यस्तै, सांसद्, मन्त्री, जनप्रतिनिधिहरुको तलबभत्ता कटौती गर्नुपर्छ । सरकारी कर्मचारीको तलब आधा गर्नुपर्छ ।पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन जरुरी छ । यो निर्णय गर्न अझैपनि अबेला गर्ने हो भने अबको तीन महिनामा मुलुकको अर्थतन्त्र तहसनहस हुन्छ, हुने अवस्थामा देखिन्छ । यहाँ भोकमरी सुरु हुन्छ । लुटपाट, बन्दहड्ताल र आन्दोलनको प्रारम्भ हुन बेर लाग्दैन् ।

अझै पनि सोच्ने र बचाउने समय बाँकी छ । विदेशीसंग ऋण लिने कामको अन्त्य गरौं । विदेशीसंग ऋण लिएर सरकारी कर्मचारीलाई तलबभत्ता खुवाउने, सरकारी गाडी चढ्ने, ज्येष्ठ नागरिकलाई भत्ता दिने कामले मुलुकलाई कतातिर लगिरहेको छ सोचविचार गरौ । अहिले हरेक नेपालीको टाउको ६१ ह्जार रुपैंया ऋण बोक्नुपरेको छ ।

तलबभत्ता खाने नेतादेखि सरकारी कर्मचारी तर ऋण बोकिदिने हामी जनता । यो नेपाली जनतामाथि भएको अन्याय हो । सरकारी कर्मचारीको तलब आदि गर्नैपर्छ । यदि कुनै कर्मचारीले म आधा तलबमा काम गर्न सक्दिन भन्यो भने उनीहरु निस्केर जान्छन् । अझैपनि ऋण बोक्नेसक्ने आँट नेपाली जनतासंग छैन् । कसले कति भ्रष्ट्राचार गरेको छ यसको खोजतलास हुनुपर्छ । आफ्नो तीन पुस्तालाई पुग्ने सम्पत्ति जोड्ने भ्रष्ट्राचारीहरुको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । अनावश्यक चीजको आयात बन्द गरौ ।

वि.सं.२०७८ चैत २२ मंगलवार १२:५१ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...