back
NMB ad

ब्रिलियन्ट क्याम्पसमा नेपाल बैंकको डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम

Kumari bank ad

काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौं सिफल स्थित ब्रिलियन्ट बहुमुखि क्याम्पसमा डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकको चाबहिल शाखा र ब्रिलियन्ट कलेजको सहकार्यमा विधार्थीहरुलाई डिजिटल बैकिङ् सम्वन्धि जानकारी गराई डिजिटल बैकिङ्का प्रविधिहरुमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम संचालन गरिएको थियो ।

ब्रिलियन्ट बहुमुखि क्याम्पसका प्रिन्सिपल दुर्गा प्रसाद नेपाल प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा नेपाल बैंकको मार्केटिङ्ग तथा रिसर्च डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल, चाबहिल शाखाका शाखा प्रबन्धक द्वारीका घोरासैनी लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

स्नातक तह व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरु सहभागि भएको उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरता सम्बन्धि जानकारी, नेपाल बैंकले लागु गरेका विभिन्न सेवा सुविधाहरु, डिजिटल बंैकिङ प्रविधिहरु, विद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बंैकिङ्का विविध आयामहरुको बारेमा जानकारी गराईएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा क्याम्पस प्रमुख दुर्गा प्रसाद नेपालले ब्रिलियन्ट क्याम्पसका विद्यार्थिहरुलाई लक्षित गरि डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा नेपाल बैंकलाइ धन्यबाद दिंदै बिधार्थीहरुले यस कार्यक्रमबाट बढि भन्दा बढि लाभ लिने बिश्वास व्यक्त भएको थियो ।

हाल नेपाल बैंकमा नयाँ जोश जाँगर भएका, प्रतिस्पर्धि सोच भएका उर्जाशिल कर्मचारीहरु रहेको उल्लेख गर्दै उहाँले नेपालको पहिलो बैंकले आम नेपालीमा वित्तीय पहुँच पुर्याउन गरिरहेको वित्तीय साक्षरता अभियान निकै प्रशंसनीय कार्य भएको बताउनुभयो ।

नेपाल बैंक लि.चावहिल शाखाका शाखा प्रबन्धक द्वारीका घोरासैनीले नेपाल बैंक र बिलियन्ट क्याम्पस बिच रहेको निकट सम्बन्ध आगामि दिनमा थप मजबुत हुंदै जानेछ भन्ने बिश्वास व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा नेपाल बैंक मार्केटिङ्ग तथा रिर्सच डिभिजन प्रमुख अर्जुन बहादुर कँडेलले वित्तीय साक्षरता सम्बन्धि बिभिन्न आयामहरुमा विद्यार्धिहरुलाई प्रशिक्षण दिंदै बैंकले विद्यार्धिहरुलाई लक्षित गरि ल्याएका बिभिन्न बैंकिङ्ग प्रोडक्ट तथा सेवा सुबिधाहरुको वारेमा जानकारी गराउनु भएको थियो ।

अनवरत विश्वासको ८५ औ बर्ष प्रवेश गरेको देशकै पहिलो बैंक नेपाल बैंक लिमिटेड सबै पुस्ताको उत्तिकै रोजाइको बैकको रुपमा रहन सफल भएको छ ।

बैंकले हाल नेपालभर २१३ शाखाहरु १६० एटिएम, र ५० एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई आधुनिक प्रविधियुक्त बंैकिङ् सेवा उपलब्ध गराईरहेको छ ।

वि.सं.२०७८ चैत २३ बुधवार २०:१९ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...