back
NMB ad

पञ्चकन्या ग्रुपद्वारा दमकको बाल अस्पतालको भवन निर्माणमा सहयोग

Kumari bank ad

काठमाडौं । पञ्चकन्या ग्रुप र काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (के.आई.ओ.सि.एच.) बीच सम्झौता भएको छ ।

झापाको दमक वडा नं.७ मा बन्दै गरेको बाल अस्पतालमा ६० लाख मूल्यको एलजिएस स्ट्रक्चरबाट ४ हजार वर्ग फिट क्षेत्रफलमा आस्पतालका कोठा तथा भौतिक संरचनाहरु निर्माण गर्ने सहमति भई एक सम्झौता–पत्रमा हस्ताक्षर भएको हो ।

हालै दिवगंत हुनु भएकी पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको धर्मपत्नी निल कुमारी श्रेष्ठको स्मृति तथा पञ्चकन्या ग्रुपले आफ्नो औद्योगिक यात्रा ५०औं वर्ष पूरा गरेको अवसरमा उक्त अस्पताललाई सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको हो ।

उक्त कार्यक्रम पञ्चकन्या ग्रुपबाट उपाध्यक्ष ध्रुब कुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठले बाल स्वास्थ्य जस्तो पवित्र कार्यमा हातेमालो गर्न पाउनु दुवै संस्थाको लागि गौरवको विषय भएको र यसबाट मिल्ने आत्मसन्तुष्टि अमूल्य हुने र यो जति राम्रो मानव सेवा कुनै नहुने विचार व्यक्त गर्नु भयो ।

के.आई.ओ.सि.एच.का डा. भगवान कोइरालाले राजधानीको जत्तिकै सुविधा सम्पन्न बाल अस्पतालको खाँचो यस अस्पताल सञ्चालनमा आएपछि पुरा हुने बताउनुभयो ।

पञ्चकन्या ग्रुपले १ महिनाभित्र एलजिएसका संरचना निर्माण गरी अस्पताललाई हस्तान्तरण गर्ने छ । साथै सम्झौता–पत्र हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका संचालकहरु र बरिष्ठ कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

वि.सं.२०७८ चैत २५ शुक्रवार ११:२६ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...