back
NMB ad

मनाङमा पहिलोपटक एटिएम सेवा सञ्चालन

Kumari bank ad

मनाङ । नेपालको सबैभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रने मनाङको माथिल्लो क्षेत्रमा एटिएम सेवा सञ्चालनमा आएको छ ।

नयाँ वर्ष २०७९ को सुरुआतसँगै ग्लोबल आइएमई बैंक मनाङ शाखाले पहिलोपटक एटिएम सेवा सञ्चालनमा ल्याएको छ । एटिएम सेवा सञ्चालनमा आएपछि मनाङमा आउने पर्यटकलाई सहज भएको छ । यहाँ आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले एटिएम सेवा सञ्चालनमा ल्याइएको ग्लोबल आइएमई बैंक मनाङ शाखाका प्रबन्धक सुवासकान्त जोशीले जानकारी दिनुभयो ।

“मनाङ आउने पर्यटकलाई खल्तीमा पैसा बोक्नुपर्ने समस्या हटाउने उद्देश्यले नै एटिएम सेवा सञ्चालनमा ल्याइएको हो”, प्रबन्धक जोशीले भन्नुभयो । यहाँ एटिएम सेवा सञ्चालनमा आएपछि स्थानीयवासीसमेत हर्षित भएका छन् । पर्यटकीय क्षेत्र भए पनि माथिल्लो मनाङमा हालसम्म एटिएम सेवा सञ्चालन भएको थिएन ।

माथिल्लो मनाङ पुगेका पर्यटकलाई खर्चको अभाव भएपछि फर्केर सदरमुकाम झर्नुपर्ने समस्या टरेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो । “मनाङको मुख्य आयस्रोत नै पर्यटन हो । विविध समस्या हटेपछि अहिले अन्नपूर्ण सर्किटमा आउने पर्यटक बढ्दै गएको छ । एटिएम सेवा सञ्चालनले पर्यटकलाई सहज बनाएको छ”, उहाँले भन्नुभयो ।

एटिएम सेवा सञ्चालनले मनाङ आउने पर्यटकलाई सहज भएको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । “एटिएम सेवाले पैसा बोक्नुपर्ने समस्या हट्यो । पैसा बोकेर मनाङ आउँदा हराउने, चोरी हुने, खर्चको अभावमा यहाँ बस्ने समय छोट्याउनुपर्ने समस्या हटेपछि पर्यटकलाई धेरै सहज हुनेछ”, उहाँले भन्नुभयो ।

यसअघि जिल्लामा एउटा मात्रै एटिएम सेवा सञ्चालनमा छ । माथिल्लो मनाङमा भने यो एटिएम सेवा पहिलो पटक हो ।

सदरमुकामभन्दा धेरै पर्यटक रहने क्षेत्र माथिल्लो मनाङमा एटिएम सेवाको आवश्यकता खड्किएको थियो । जिल्लाभर आठवटा बैंक रहेता पनि सदरमुकाममा प्रभु बैंकले एटिएम सेवा सञ्चालनमा ल्याएको छ । अब जिल्लामा दुई बैंकले दुई स्थानमा एटिएम सेवा सञ्चालन गरे पनि अन्य बैंकले हालसम्म एटिएम सेवा सञ्चालन गर्न सकेका छैनन् ।

वि.सं.२०७९ वैशाख १ बिहीवार १४:०५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...