back
NMB ad

ब्रोकरहरुलाई स्क्रिन एग्जिविशन कक्ष खुला गर्न बोर्डको निर्देशन, अब डिस्प्ले हेरेर सेयर कारोबार गर्न पाउने

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्क्रिन एग्जिविशन कक्ष खुला गर्न निर्देशन दिएको छ । बोर्डले धितोपत्र दलाल व्यवसायीलाई स्क्रिन एग्जिविशन कक्ष खुला गर्न निर्देशन दिएको हो ।

बोर्डले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै ब्रोकरको कार्यालयमा भीडभाड नहोस् भन्ने अभिप्रायले २०७६ चैतदेखि स्क्रिन एग्जिविशन कक्ष बन्द गराएको थियो ।

दोस्रो बजार कारोबारमा ब्रोकरको डिस्प्ले बन्द गराएर सेयर कारोबार भएको २ वर्षपछि मात्रै अब लगानीकर्ताले डिस्प्ले हेरेर सेयर कारोबारमा संलग्न हुन पाउने भएका हुन् ।

एक सूचना निकाल्दै बोर्डले हाल कोरोना भाइरसको संक्रमण दर न्यून भई नेपाल सरकारले कोरोना भाइरसको जोखिमको समयमा पूर्ण वा आंशिक रुपमा बन्द  गरेका अधिकांश क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो गरिसकेको जनाएको छ ।

कोभिड–१९ को न्यूनीकरणका लागि तोकिएको सुरक्षा व्यवस्थाहरुको पालना गर्ने÷गराउने गरी धितोपत्र दलाल व्यवसायीहरुको स्क्रिन एग्जिविशन कक्ष सुचारु गर्न बोर्डले सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरुलाई निर्देशन दिएको हो ।

यसैवीच बोर्डले कारोबार समयमा नै फ्लोर सिटमार्फत कारोबारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने भएकाले उक्त विवरण हटाउनका लागि पनि निर्देशन दिएको छ ।

बोर्डले धितोपत्र संचालन नियमावली,, २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकुल नहुने गरि उक्त विवरण कारोबार समयपश्चात प्रवाह गर्ने व्यवस्था गर्न नेप्सेले निर्देशन दिएको हो ।

वि.सं.२०७९ वैशाख २ शुक्रवार १२:४५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...