back
NMB ad

नयाँ वर्षको पहिलो कारोवार दिन २९ अंकले घट्यो शेयरबजार

Kumari bank ad

काठमाडौं । नयाँ वर्ष २०७९ सालको शेयरबजार कारोबारको आज पहिलो दिन नै नेप्से परिसूचक २९.६० अंकले घट्न पुगेको छ । २०७८ सालको अन्तिम दिन हरियाली छाएर विदाई गरेको शेयरबजारमा नयाँ साल सुरु भएपनि खासै बजारमा सुधार देखिएको छैन ।

आज नेप्सेमा सूचकिृत २३३ कम्पनीको ३३ लाख ३० हजार ८३४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४० करोड ६१ लाख २ हजार ४६४ रुपैयाँको कारोबार भएको छ ।

केही दिनयता लगातार घटेको शेयरबजार नयाँ वर्ष सुरु भएसँगै बजार बढ्ने प्रक्षेपण गरिएतापनि देशमा चुलिँदै गइरहेको आर्थिक संकटका कारण शेयरबजार घट्दो क्रम रोकिएको छैन ।

नेप्से परिसूचक आज १.२३ प्रतिशतले घटेर २३८५.६४ विन्दुमा कायम भएको छ । गत वर्षको साउन भदौ महिनामा करिब ३२ सयको इन्डेक्समा पुगेको नेप्से त्यसलगत्तै यता २४.२५ सयको इन्डेक्समा सीमित हुन पुगेको छ ।

नेप्सेमा रहेको १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक आज बीमा सूचकमा गिरावट आएको देखिएको छ । जीवन बीमा समूहको २००.८७ रुपैयाँ र निर्जिबन बीमा समूहको १२०.६५ अंकले घटेको छ ।

वि.सं.२०७९ वैशाख ४ आइतवार १५:२१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...