back
NMB ad

३७.१९ प्रतिशतले घट्यो आरम्भ चौतारी लघुवित्तको नाफा, कस्ता छन् मुख्य सूचकहरु ?

Kumari bank ad

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सोमबार सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा गिरावट देखिएको छ । चालु आवको चैत मसान्तसम्ममा कम्पनीको खुद नाफा ३७.१९ प्रतिशतले घटेर ४ करोड ९२ लाख २ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ८३ लाख ३६ हजार रुपैयाँ नाफा गरेको थियो ।

चैत मसान्तसम्ममा कम्पनीले २६ करोड ८८ ला ख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको तेस्रो त्रैमासिक अवधिको तुलनमा ३२.३८ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीको यो आम्दानी २० करोड ३० लाख ६९ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा कम्पनीको संचालन मुनाफामा भने ४२.०७ प्रतिशतले कमी आई ६ करोड ९८ लाख ५१ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको चैत मसान्तसम्ममा भने कम्पनीको यो मुनाफा १२ करोड ५ लाख ७८ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ३६ करोड ७१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १३ करोड ५ लाख ३२ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ५५ पैसा रहेको छ ।

वि.सं.२०७९ वैशाख १२ सोमवार ०९:५६ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...