back
NMB ad

७०.२०% ले बढ्यो राष्ट्र उत्थान लघुवित्तको नाफा: अन्य सुचकहरुमा पनि सुधार, ईपिएस कति ?

Kumari bank ad

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बिहीवार प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले उक्त अवधिमा ५ करोड ५५ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको चैत मसान्तसम्मको तुलनामा ७०.२० प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड २६ लाख ३७ हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आवको चैत मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी पनि ३५.६१ प्रतिशतले वृद्धि भई १६ करोड ४१ लाख १३ हजार रुपैयाा पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको यो आम्दानी १२ करोड १० लाख १७ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, गत वर्षको चैत मसान्तसम्ममा ५ करोड ६ लाख ११ हजार रुपैयाँ रहेको कम्पनीको संचालन मुनाफा यस वर्षको सोही अवधिमा भने बढेर ८ करोड ८१ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १७ करोड ३५ लाख २५ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा पनि घटेको छ । गत वर्षको चैत मसान्तसम्ममा १.३३ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने घटेर १.१९ प्रतिशत कायम भएको छ।

कम्पनीको प्रतिसेयर आम्दानी २८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ७४ पैसा रहेको छ ।

वि.सं.२०७९ वैशाख १५ बिहीवार १३:०० मा प्रकाशित

You can share this post!

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:३५

रामबहादुर थापा र सन्तोष गौतम गण्डकी, १० जेठ : गण्डकी...