back
NMB ad

हिजो भाँडा माझ्ने प्रेमको आज मासिक ५ करोड आम्दानी !

Kumari bank ad

प्रेम गणपति,  ब्रान्द्रा स्टेशनमा अलपत्र परे, जतिबेला उनी साथ लागेर आएको मानिसले उनलाई त्यही छाडिदियो र भाग्यो । त्यतिबेला प्रेमको त्यहाँ कोही नाता आफन्तहरु थिएनन् भने उनी यस क्षेत्रको भाषा पनि बुझ्दैनथे । एकजना स्थानीय व्यक्तिले नजिकैको मन्दिरमा लगे र त्यहाँ आउने भक्तजनहरुलाई उनलाई केही रुपैयाँ स्वेच्छिक दान दिन आव्हान गरे, ताकि उनको घर चेन्नई फिर्तीको टिकटका निम्ति पैसा संकलन होस् ।

तर, प्रेमले घर जाने इच्छालाई त्यही थाँती राखे र मुम्बईमा काम गर्ने विचार बनाए । उनले रेष्टुरेण्टमा भाँडा माझ्ने काम गर्न थाले । त्यो काम गर्दै गर्दा उनले आफ्नो मालिकलाई आफूले १० कक्षासम्म पढेको हुँदा आफूलाई वेटरको काम दिन आग्रह गरे । तर उनको मालिकले मानेनन् । त्यसको केही समयपछि त्यही नजिकै एउटा डोसा पसल खुल्यो, जसले उनलाई चिया बेच्ने कामका लागि बोलायो, त्यसपछि उनले भाँडा माझ्ने काम छाडे र चिया बेच्ने काम गर्न थाले ।

त्यो काममा ग्राहकहरु माझ प्रेम अत्यन्त हिट भए किनकी उनी आउने सबै ग्राहकलाई राम्रो सेवा दिन्थे, उनी दैनिक १ हजार भारु कमाउन थाले । यो कमाई उनी जस्तै अन्य चिया बेच्ने केटाहरुको भन्दा तेब्बर बढी थियो । त्यसपछि उनको जीवन राम्रै चल्न थाल्यो ।

त्यति नै बेला उनलाई एक ग्राहकले एउटा प्रस्ताव ल्याए । ती ग्राहक मुम्बईको वासीमा चिया पसल खोल्ने विचारमा थिए । उसले प्रेमलाई ५०÷५० प्रतिशतको पार्टनर बन्ने प्रस्तवा राखे, जहाँ ती ग्राहकले आवश्यक सबै पैसाको जोहो गर्ने थिए भने प्रेमले उक्त पसल संचालन गर्नु पर्ने थियो । यसरी उनीहरुले मिलेर काम गर्न थाले । चिया पसल पनि अत्यन्त राम्रो व्यापार गर्न थाल्यो । तर प्रेमका पार्टनर बनेका व्यक्ति लोभी बन्न थाले, ती व्यक्तिलाई प्रेमसँग ५० प्रतिशत आम्दानी बाँड्न पर्दा चित्त दुख्न थाल्यो । ती व्यक्तिले अन्य एक कर्मचारी राखे र प्रेमलाई कामबाट निकालिदिए ।

जे भएपनि प्रेम यो धोकाले पनि विचलित भएनन् । उनले आफ्नो काकासँग केही रुपैयाँ सापटी लिए, त्यसपछि उनले आफ्नो दाइसँग पनि सापटी लिए र त्यो पैसाले आफ्नै सानो चिया पसल खोले । तर यस पटक उनलाई भाग्यले साथ दिएन, त्यहाँका स्थानीयले बिरोध गरेपछि उनको चिया पसल बन्द भयो । त्यसपछि उनले ठेला गाढामा चिया लिएर हिंड्न थाले, त्यसबाट पनि उनले घाटा मात्र व्यहोरे । तर पनि उनले हार खाएनन् । उनले फेरि एउटा सानो ठाउँ लिए र त्यहाँ दक्षिण भारतीय खानेकुराको पसल राखे । उनलाई त्यतिबेला डोसा र इड्लीको बारेमा केही पनि थाहा थिएन । उनले हेरेर, धेरै पटक सिकेर र गल्ती गर्दै फेरि बनाउँदै गरेर यी खानाहरु बनाउन सिके । यो सन् १९९२ तिरको कुरा थियो ।

उनको डोसा पसल ५ वर्षको अवधिमा अर्थात् सन् १९९७ मा आइपुग्दा अत्यन्त प्रसिद्ध भयो । तर उनको त्यो सानो डोसा पसल कसरी यति धेरै प्रतिस्पर्धीहरु, यति धेरै विविध खानाहरु बेच्ने पसलभन्दा किन प्रसिद्ध भयो त ? प्रेम भन्छन् यसको मुख्य कारण भनेको स्वच्छता, कामदारहरुको राम्रो व्यवहार र अवस्था एवं खाना बनाउनका लागि प्रयोग हुने ताजा सामानहरु नै हुन् ।

त्यसपछि उनले एक लाख रुपैयाँ जम्मा गरे र घर फर्किनुको सट्टा आफ्नो जिन्दगीकै सबैभन्दा ठूलो खतरा उठाए । प्रेमले वासी स्टेशन नजिकै डोसा प्लाजा भन्ने नयाँ पसल खोले । उनको डोसा प्लाजा नजिकै रहेको चाइनिज प्लाजा नराम्रोसँग डुब्यो र तीन महिनामै बन्द हुन पुग्यो । तर यो घटना प्रत्यक्ष देखेका प्रेम कत्ति पनि डराएनन्, प्रेमले यो घटनाबाट पाठ सिके । उनले चाइनिज खानालाई उनको डोसासँग मिसाएर नयाँ खाना बनाए, जसले अत्यन्त राम्रो नजिता देखायो । ग्राकहरुले यसलाई रुचाए ।

ग्राहकहरुले रुचाएपछि उनलाई झन् हौसला मिल्यो । त्यसपछि उनले चाइनिज स्टायलमा विभिन्न प्रकारका डोसाहरु जस्तो कि अमेरिकन चप्सी, सिज्वान् डोसा, पनिर चिल्ली, स्प्रिङ रोल डोसा । उनको रेष्टुरेण्टको मेनुमा भएको १ सय ८ प्रकारका डोसाहरुले उनलाई अत्यन्त प्रसिद्धी दिलायो ।

एकदिन एकजना ग्राहक जो मुम्बईको एक मलमा फुड स्टलहरु हेर्ने गर्थे उनले प्रेमलाई फुड कोर्टमा एउटा स्टल राख्न सुझाव दिए । यो कुराले प्रेमलाई थप उत्साह दियो । त्यसपछि उनी एड एजेन्सीलाई भेटे र ब्राण्डको परिचय दिनका लागि लोगो, मेनु कार्ड, वेटरहरुको डे«स आदि बनाए ।

आज डोसा प्लाजाले २६ ठाउँमा आफ्नो शाखाहरु खोलेको छ । यसका १ सय ५० जना कर्मचारीहरु छन् भने ५ करोडभन्दा बढी आम्दानी रहेकोछ । अझै पनि उनले नै डोसा बनाउने तरिका सिकाउँदै आएका छन् । अहिले युरोप र अमेरिकामा पनि उनको डोसा शाखा खोल्ने तयारी भइरहेकोछ ।

इरादा पहाडी, एजेन्सीको सहयोगमा, ४ साउन २०७३, २.००

 

वि.सं.२०७३ साउन ४ मंगलवार १३:१९ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...