back
NMB ad

स्वस्तिक लघुवित्तले कमायो १ करोड १० लाख नाफा, अन्य सूचकहरुमा पनि सुधार

Kumari bank ad

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ चैत मसान्तस १ करोड १० लाख ४५ हजार रुपैयाँ नाफा कमाएको छ ।

आइतबार कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा २०.४४ प्रतिशतले बढी हो । गत वर्षको चैत मसान्तसम्ममा कम्पनीले ९१ लाख ७० हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि प्रतिशतले वृद्धि भई २ करोड ९५ लाख ३५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको चैत मसान्तसम्म कम्पनीको यो आम्दानी २ करोड ३८ लाख १७ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, गत वर्षको तेस्रो त्रैमासममा ७७ लाख ९९ हजार रुपैयाँ रहेको संचालन मुनाफा यस वर्षको सोही अवधिसम्म आईपुग्दा भने बढेर १ करोड ३३ लाख ४१ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी ३ करोड ४६ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २ करोड ८८ लाख ७४ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको निष्क्रिय कर्जा पनि घटेको छ । गत वर्षको तेस्रो त्रैमासमा २.१० प्रतिशत रहेको कम्पनीको खराब कर्जा यस वर्षको सोही अवधिमा भने घटेर १.२८ प्रतिशत रहेको छ ।

वि.सं.२०७९ वैशाख १८ आइतवार १४:२२ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...