back
NMB ad

बुधवारदेखि एनएमबि बैंकको दोस्रो उर्जा ऋणपत्र निष्काशन हुँदै, कति र कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । एनएमबि बैंकले उर्जा ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले बैशाख २१ गतेदेखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३–९४’ नामको ऋणपत्र बिक्री गर्ने भएको हो । बैंकको उक्त उर्जा ऋणपत्रको अवधि १५ वर्ष रहेको छ ।

बैंकले प्रतिकित्ता १ हजार दरको कुल ३५ लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्नेछ । जसमध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणलाई र ७० हजार कित्ता सामूहिक लगानी कोष र बाँकी १३ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ ।

बैंकको उक्त ऋणपत्रमा इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

उक्त ऋणपत्रमा छिटोमा बैशाख २५ गते र ढिलोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

बैंकले यो दोस्रो पटक ऋणपत्र जारी गर्न लागेको हो । यसअघि बैंकले गत जेठमा पनि उर्जा ऋणपत्र निष्काशन गरेको थियो ।

बैंकको ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७९ वैशाख १८ आइतवार १४:४१ मा प्रकाशित

You can share this post!

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:४२

खजुरा (बाँके), १६ वैशाख : नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर...

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:३७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा...

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएकोः प्रधानमन्त्री (पूर्णपाठ)   

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएकोः प्रधानमन्त्री (पूर्णपाठ)   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२९

काठमाडाैँ, १६ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक विकास...

लगानी सम्मेलनमा दुई वटा सम्झौता   

लगानी सम्मेलनमा दुई वटा सम्झौता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२६

काठमाडौँ, १६ वैशाखः तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज...

अशक्त र गरिबले काठमाडौँ महानगरपालिकाभित्र निःशुल्क उपचार पाउने   

अशक्त र गरिबले काठमाडौँ महानगरपालिकाभित्र निःशुल्क उपचार पाउने   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२१

काठमाडौँ, १६ वैशाख: काठमाडौँ महानगरपालिका (कामपा)ले लक्षित वर्गका लागि निःशुल्क...