back
NMB ad

प्रधानमन्त्रीले गरे सभामुखलाई प्रश्न बजेटको कार्यसूचि किन रोकेको ?

Kumari bank ad

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान सभामुख ओनसरी घर्तीलाई आफ्नै निवास बालुवाटारमा बोलाएर बजेट पास गर्ने कार्यसूची रोकिएकोमा प्रश्न गरेका छन् । ‘असार मसान्तसम्म पास गर्नेुपर्ने बजेट विधेयकको कार्यसूचीमा सभामुखले हस्तक्षेप गरेर मिचेको’ उनले आरोप लगाएका छन् ।

सभामुखलाई उनले नियमसंगत तरिकाले पहिले बजेट पास गरेर मात्रै अविश्वासको प्रस्तावमा जानुपर्ने बारे अवगत गराएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए। प्रधानमन्त्रीले संसदीय परम्परा, अभ्यास र सभामुख पदको मर्यादालाई ध्यान दिई बजेटसम्बन्धी कार्यसूचीलाई प्राथमिकतामा राख्न आग्रह गरेको अधिकारीले जानकारी दिए।

सभामुख घर्तीले दलहरुबीच सहमति नभएको भन्दै बजेटका आश्रित तीन विधेयक पास गर्ने कार्यसूची रहे पनि सूचना टाँस गरेर बैठक स्थगित गर्दै साउन ६ गते अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची सार्वजनिक गरेकी थिइन्। अहिले उनले प्रधानमन्त्री समक्ष सबैको सहमति जुटाउन परामर्श गरिने बताएकी थिइन्।

असार २९ गते आर्थिक विधेयक, २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत एक्काइसौं संशोधन विधेयक २०७३ माथि छलफल गर्ने कार्यसूची थियो । तर, माओवादी केन्द्र र कांग्रेस सहितका दलले संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि संसद बैठक बस्न सकेको छैन।

४ साउन २०७३, ११।००

वि.सं.२०७३ साउन ४ मंगलवार १२:२७ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...