back
NMB ad

एभरेष्ट इन्स्योरेन्सको साधारण सभा भोलि : लाभांश पारित गर्ने मुख्य एजेण्डा, अन्य के-के ?

Kumari bank ad

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले आउँदो बुधवार अर्थात बैशाख २१ गते वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले सभा अग्रवाल भवन, कमलपोखरीमा दिउँसो २ बजे शुरु गर्ने निर्णय गरेको हो ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । कम्पनीको सभाले सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीको अधिकृत पूँजी वृद्धि गरेर ३ अर्ब पु¥याउने विशेष प्रस्ताव रहेको छ । कम्पनीको विशेष प्रस्तावमा निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सञ्चालक समितिलाई दिइएको सम्पूर्ण अधिकारलाई निरन्तरता दिनेछ ।

कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ३ जना तथा सर्वसाधारण सेयरधनी समूह (ख) बाट २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव रहेको छन् ।

यसका साथै सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनका वैशाख १२ गते (एक दिन) बुक क्लोज गरेको छ ।

वि.सं.२०७९ वैशाख २० मंगलवार १२:४० मा प्रकाशित

You can share this post!

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...