back
NMB ad

समृद्धि र विकासका मुद्दासहित घरदैलोमा उम्मेदवार

Kumari bank ad

गण्डकी । चुनावको मिति नजिकिँदै गर्दा यतिखेर समृद्धि र विकासका मुद्दासहित उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । भौगोलिक हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकामा छोटो समयमा घरदैलोमा पुगेर मतदातासँग भेट्ने विषय उम्मेदवारका लागि चुनौतीपूर्ण छ ।

महानगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवारका लागि कुना कुनाका वस्तीमा पुगेर मतदातासँग भोट माग्नुपर्ने बाध्यता र नजिकिँदै गरेको निर्वाचनको मितिका कारण यतिखेर महानगरका ग्रामीण वस्तीहरूमा चुनावी रौनकता छाएको छ । पोखरा महानगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुख पदमा नेपाली कांग्रेसका कोपिला रानाभाट उम्मेदवार बन्नुभएको छ । महानगरपालिकामा नेकपा एमालेका तर्फबाट प्रमुख पदमा कृष्ण थापा र उपप्रमुख पदमा मञ्जुदेवी गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । प्रमुख प्रतिस्पर्धा गठबन्धन र नेकपा एमालेबीच हुने अनुमान गरिएको महानगरपालिकामा अन्य दल तथा स्वतन्त्र उम्मेदवार प्रमुख, उपप्रमुख पदसहित ३३ वटै वडाका वडा अध्यक्ष तथा सदस्यमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

पोखराको समृद्धि र विकासका योजनासहित आफ्नो घोषणापत्र तयार गरी निर्वाचनमा होमिएका दलहरूका चुनाव जित्ने आ आफ्ना तर्क छन् । पाँच दलीय गठबन्धनले महानगरस्तरीय पूर्वाधार विकासका विभिन्न योजना, पोखरा चक्रपथ, सौन्दर्यीकरणदेखि सुशासन र समृद्धिका मुद्दालाई अघि सारेको छ ।

‘समुन्नत पोखराको आधार : सबल अर्थतन्त्र र पूर्वाधार’ नाराका साथ अघि सारिएको घोषणापत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुदलगायत विषयलाई प्राथमिकतामा राखिएको प्रमुख पदका उम्मेदवार आचार्यले बताउनुभयो । पोखराको समुन्नतिका आधार विन्दुसहित आफूहरू मतदाता माझ पुगेको आचार्यको भनाइ छ । नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार थापा नेपालमा बहुदलीय व्यवस्था स्थापनापछि बितेको पाँच वर्षमा सबैभन्दा धेरै विकास र पूर्वाधार निर्माण भएको बताउँनुहुन्छ । प्रमुख पदमा निर्वाचित भएसँगै समृद्ध पोखरा र जनतालाई सुशासनको अनुभूति हुने गरी पाँच वर्ष पूर्णरुपमा खटेर काम गर्ने प्रतिबद्धतासहित आँफूहरू मतदाता माझ पुगेको उहाँको भनाइ छ ।

अटेरी अभियानका तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उम्मेदवार गनेस पौडेल मतदाताको घरघरमा नभै सार्वजनिक चोक तथा वस्तीमा पुगी आफूहरू मत माग्ने योजनामा रहेको बताउनुहुन्छ । भोट माग्नका लागि व्यक्तिका घरघरमा पसेर उहाँहरूलाई दुःख नदिने आफूहरूको सोच रहेको बताउँदै उहाँले सार्वजनिक चोकबाट नै आफ्ना प्रतिबद्धता व्यक्त गर्ने बताउनुभयो ।

‘पोखरा लक्ष्य २०७९ कार्ययोजना’ नाम दिइएको अटेरी अभियानको घोषणपत्रमा पर्यटन, शिक्षा, स्वास्थ्य र सुशासनलाई मुख्य मुद्दा बनाइएको छ । ‘निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन’ भन्ने नाराका साथ अघि बढेको अभियानले असम्भव झुटा आश्वासन नबाड्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

‘मेरो पोखरा’ मोबाइल एप सार्वजनिक गरेर महानगरका सबै सुविधा घरमै बसेर लिनसक्ने व्यवस्था गर्ने लगायतका विषयलाई आफूहरूले प्राथमिकतामा राखेको उम्मेदवार पौडेलले जानकारी दिनुभयो । चुनावी घोषणपत्रका अतिरिक्त उम्मेदवारहरूले घरदैलोका क्रममा स्थान विशेषका आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । महानगरका शहरी क्षेत्रमा खानेपानी, ढल, सरसफाइलगायत विषयलाई प्राथमिकता दिएका उम्मेदवार महानगरका कुना कुनाका ग्रामीण बस्तीमा भने महानगरको अनुभूति हुने किसिमका विकास योजना प्राथमिकतामा रहेको बताउँदै आएका छन् ।

वि.सं.२०७९ वैशाख २० मंगलवार १२:५४ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...