back
NMB ad

४८.२० प्रतिशतले घट्यो बुटवल पावरको नाफा: विद्युत बिक्री आम्दानी भने बढ्यो, ईपीएस कति ?

Kumari bank ad

काठमाडौं । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्ष २०७८७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त अवधिमा कम्पनीले २३ करोड ७५ लाख ८२ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको तेस्रो त्रैमासको तुलनमा ४८.२० प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड ८५ लाख ५३ हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आवको नौ महिनाको अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी भने १६.३७ प्रतिशतले वृद्धि भई ५९ करोड ४८ लाख ३१ हजार रुपैयाा पुगेको छ । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीको यो आम्दानी ३९ करोड ९९ लाख ८१ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा कम्पनीको संचालन मुनाफा पनि ४९.०६ प्रतिशतले घटेर २४ करोड ६२ लाख ४० हजार रुपैयाँ कायम भएको छ ।गत वर्षको तेस्रो त्रैमासमा कम्पनीको यो मुनाफा ४८ करोड ३४ लाख ४ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब २४ करोड ६३ लाख २७ हजार रुपैयाँ रहेको छ । कम्पनीको इक्विटी ७.३४ प्रतिशतले घटेर ३ अर्ब ७० करोड ५८ लाख २८ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि १० रुपैयाँ ९६ पैसाले घटेर ९ रुपैयाँ ७६ पैसा कायम भएको छ भने प्रतिसेयर नेवटर्थ २१४ रुपैयाँ १५ पैसा रहेको छ ।

वि.सं.२०७९ वैशाख २७ मंगलवार ०९:०९ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...