back
NMB ad

दोर्दी खोला जलविद्युतको आईपीओमा आवेदन दिन म्याद थप, १० लाख कित्तासम्म भर्न पाईने

Kumari bank ad

काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिन म्याद थप भएको छ ।

बैशाख १३ गतेदेखि निष्काशन तथा बिक्री खुला भएको कम्पनीकी आईपीओमा आवेदन दिने भ्याद थप गरिएको हो । उक्त आईपीओमा छिटोमा अब जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले १० करोड ५४ लाख २६ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका १० लाख ५४ हजार २६० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका वासिन्दाहरु (साविक भारते, अर्चलवोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार (१–८) लागि निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीको आईपीओमा स्थानिय लगानीकर्ताले न्यूनतम १० कित्तासम्म र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको आईपीओमा सिद्धार्थ बैंक लिमिटेड बेलीशहर शाखा लमजुङ्ग, ग्लोबल आइएमई बैंक सेरा बजार दोर्दी, कामना सेवा विकास बैंक बेसीशहर शाखा लमजुङ्ग, मुक्तिनाथ विकास बैंक बेसीशहर शाखा लमजुङ्ग र एनएमबि बैंक बेसी शहर शाखा लमजुङ्ग र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

वि.सं.२०७९ वैशाख २७ मंगलवार ०९:१९ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...