back
NMB ad

नेपाली बीमा क्षेत्रमा पहिलो पटक मेटलाइफको डिजिटल रेक्रुटमेन्ट सोलुसन

Kumari bank ad

काठमाडौं । मेटलाइफ नेपालले डिजिटल माध्यमबाट बीमा सल्लाहकारहरु भर्ना गर्नका लागि नेपालमै पहिलो पटक मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन (MARS) प्लेटफर्म शुरु गरेको छ ।

बीमा सल्लाहकारहरुको छनौट तथा भर्नाका लागि ल्याइएको यस अभिनव डिजिटल सोलुसनको अनावरण मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अन्य वरिष्ठ अधिकारीहरुसँग कम्पनीको मुख्य कार्यालय काठमाडौंमा गर्नुभएको थियो ।

(MARS) मा इच्छुक बीमा अभिकर्ताहरुले अनलाइन नयाँ खाता खोली, आवश्यक कागजातहरु अपलोड गरेर आफ्नो प्रोफाइल बनाउन सक्नुका साथै आफूलाई चाहिने अनिवार्य तालिम प्रशिक्षणहरु लिन र इजाजतपत्रहरुकालागि पनि अनलाइन नै आवेदन दिन सक्छन् । यसका अतिरिक्त उम्मेद्वारहरुले(MARS) मा उपलब्ध भएका एजेन्सी प्रबन्धकहरुको प्रोफाइल आफैं विश्लेषण गरि आफूलाई मन परेको प्रबन्धक छनोट गर्न सक्छन् जसले गर्दा उनीहरुलाई आफूले इच्छाएको प्रबन्धकहरुसँग काम गर्न र सो प्रबन्धकको निर्देशनमा आफूले अभिकर्ताको रुपमा व्यापक यात्रा अनुभवको अवसर पनि प्राप्त गर्न सक्छन् ।

कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठका अनुसार, “यस अनलाइन सोलुसनले नेपालका विभिन्न स्थानहरुबाट कम्पनीलाई नयाँ अभिकर्ताहरु भर्ना गराउन सक्षम पारी देशभरका धेरै ग्राहकहरुमाझ मेटलाइफलको बीमा सुरक्षाका फाइदाहरु पु¥याउन मद्दत गर्नेछ ।” साथै वहाँले यस डिजिटल पोर्टलले कम्पनीका सबै सरोकारवालाहरुलाई मेटलाइफसँग काम गर्न अझ सजिलो र सुविधाजनक बनाउन नयाँ डिजिटल प्लेटफर्महरू प्रस्तुत गर्ने आफ्नो प्रतिबद्धतालाई मजबुत बनाएको बताउनुभएको छ।

वि.सं.२०७९ जेठ १० मंगलवार १२:०९ मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता   

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:२८

काठमाडौँ, ८ जेठ : प्रतिनिधिसभाबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक,...

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५९

काठमाडौँ, ८ जेठः सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि...