back
NMB ad

उल्फ एयर मास्क अब नेपाली बजारमा

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसको त्रास बिस्तारै कम हुदै गएको भए पनि पुर्ण रुपमा निर्मुल भने भैसकेको छैन । जुनसुकै बेला नयाँ भेरिएण्ट फैलिन सक्ने र महामारीको रुप लिन सक्ने अहिलेको अवस्थामा पूर्व तयारी गर्नु नै बुद्धिमानी हुने देखिन्छ ।

एकातिर कोरोना भाइरसको त्रास त छदै छ, अर्कोतिर हामी प्रदुषित हावा भित्र लुकेका अनेकन रोगका किटाणु युक्त स्वास फेर्न बाध्य छौ । अशुद्ध र प्रदुषित श्वास फेरिरहेका हामी बीच हावामा रहेका कोरोना लगाएतका भाइरसलाई नष्ट गरी शुद्ध हावा प्रवाह गर्ने उल्फ एयर मास्क बजारमा आएको छ ।

कोरोना महामारीको बीच ताका प्रतिपादन गरिएको उल्फ एयर मास्क विश्व बजारमा छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । जर्मन टेक्नोलोजि प्रयोग गरेर “अल अबाउट इनोभेसन्स” नामक संस्थाद्वारा भारतमा निर्मित उक्त इलेक्ट्रोनिक्सलाई प्लानेट हेल्थ केयर प्रा. लि. ले नेपालको बजारमा ल्याएको छ ।

हावामा रहेको बिकार, किटाणु तथा अशुद्दतालाई ९९.९ प्रतिशत नष्ट गरि स्वास फेर्न लायक हावा प्रबाह गर्ने उक्त उल्फ एयर मास्क पुर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरि निर्माण गरिएको बताइएको छ ।

भारत लगायत विभिन्न देशबाट पुरस्कृत उल्फ एयर मास्क सिनेमा हल, सो रुम, रेस्टुराण्ट तथा क्लब, कर्पोरेट हाउस, अफिस, बैंक तथा फाइनान्स र घरका लागि उपयुक्त हुनुको साथै महामारी रोकथाममा टेवा पुग्ने बिश्वास कम्पनीले लिएको छ ।

भित्तामा एयर कन्डिसनर जस्तै गरि राख्न मिल्ने उक्त इलेक्ट्रोनिक्सले के कति रुपमा हावालाई शुद्ध बनाइरहेको छ भनि मोनिटरमा हेर्न सकिन्छ । कुनै गन्ध वा पदार्थ नफ्याकने उल्फ एयर मास्कले नेगेटिभ आयोन प्रवाह गरि किटाणु नष्ट गर्दै हावालाई शुद्ध बनाउँदछ । एयर मास्क वान र एयर मास्क मिनी गरि हाल दुईवटा मोडलमा उपलब्ध उल्फ एयर मास्क क्रमशः १००० स्क्वायर फिट र ५०० स्क्वायर फिटको लागि डिजाइन गरिएको छ ।

नेपाली बजार अनुरुपको मूल्य, निःशुल्क जडान तथा मर्मत सुविधा र २ वर्षको वारेन्टी रहेको कुरा प्लानेट हेल्थ केयरका सहायक निर्देशक रोजन श्रेष्ठले बताए ।

आइतबार मेरिएट होटलमा आयोजित एक कार्यक्रममा कम्पनीका बैज्ञानिक तथा आविष्कारक बोनिफेस ग्यास्परले उल्फ एयर मास्क पुर्ण रुपमा स्वास्थ्य बर्धक र मेडिकल मापदण्ड सहित प्रमाणित रहेको दाबी गरे ।

उल्फ एयर मास्कले भै परि आउने महामारी रोकथाम गर्नुको साथै सामाजिक स्वास्थ्य सुरक्षामा अतुलनीय योगदान पुर्याउने कुरा कार्यक्रमा उपस्थित विज्ञहरुले बताए ।

वि.सं.२०७९ जेठ ११ बुधवार १३:२३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...