back
NMB ad

पाटन दरबार क्षेत्रमा एकीकृत भौतिक पूर्वाधार निर्माणको नमूना कार्यको थालनी

Kumari bank ad

काठमाडौं । ललितपुरस्थित ऐतिहासिक पाटन दरबार क्षेत्रमा ढल निर्माणको कार्य, खानेपानीका पाइपलाइन बिच्छ्याउने कार्य र विद्युत् तथा टेलिफोनका लाइनहरू भूमिगत गर्ने कार्य एकीकृतरूपमा गरी एकीकृत भौतिक पूर्वाधार निर्माणको नमूना कामको थालनी गरिएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, बाट मेलम्ची खानेपानीका पाइपलाइनहरू विच्छ्याउने कार्य, एक्ष्म् अन्तर्गतको काठमाडौं उपत्यका फोहोरपानी व्यवस्थापन परियोजना आयोजना कार्यान्वयन निर्देशनालयबाट ढलका पाइप विच्छ्याउने कार्य, नेपाल विद्युत प्राधिकरणबाट बिद्युतका तारहरू भूमिगत गर्न ५ वटा एच.डी.पी.ई. पाइप विच्छ्याउने कार्य र नेपाल टेलिकमबाट टेलिकमका लाइनहरू भूमिगत गर्न डक्टहरू विच्छ्याउने कार्य पाटन क्षेत्रमा एकीकृतरूपमा भइरहेका छन् ।

विश्व संपदा सूचीमा सूचिकृत ऐतिहासिक पाटन दरबार क्षेत्रमा वर्षात्को पानी र ढलको उचित व्यवस्थापन नभएका कारण देखिएका समस्याको समाधानका लागि ललितपुर महानगरपालिकाका प्रमुखको विशेष पहलमा पाटन दरबार क्षेत्रको पौरानिकता तथा साँस्कृतिक संवेदनशीलतालाई ध्यानमा राखी युनेस्कोको मापदण्डमा रहेर आधुनिक यन्त्र उपकरणको प्रयोग नगरिकनै संपदा निर्माण सम्बन्धी तालिमप्राप्त जनशक्तिबाट हातेऔजार मात्र प्रयोग गरी ढल निर्माण कार्य हुँदै आएको छ ।

पाटन दरबार क्षेत्र बाहेकका अन्य स्थानमा भने ढल निर्माणको कार्यमा आधुनिक मेसिन औजार प्रयोग गरेर ढल निर्माण कार्यलाई तदारूकताका साथ अगाडि बढाइएको छ ।

विगतका वर्षहरूमा वर्षात्को समयमा पानी पर्दा पाटन दरबार स्क्वायर क्षेत्र र अन्य आसपासका सडकहरू जलमग्न हुने तथा प्लाष्टिक लगायतका ठोस पदार्थहरू ढल तथा मङ्गालमा जम्मा भई ढल जाम हुँदा सडक भएरै ढल बग्ने समस्याको समाधान गरी पर्यटक तथा सर्वसाधारणको आवतजावतलाई सहज तुल्याउनुका साथै पाटन क्षेत्रलाई स्वच्छ एवम् सफा राख्ने उद्देश्यले ढल निर्माण कार्यलाई तीब्रता दिइएसँगै हाल झण्डै ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

यस अन्तर्गत इटिटोलदेखि सोथः सम्म तथा लगनखेलदेखि पाटन दरबार क्षेत्र र सोथः हुँदै शङ्खमूलसम्म २.८ किलोमिटर क्षेत्रमा १,४०० एम.एम. (आर.सी.सी.) र १,००० एम.एम. (डबल वाल कोरोगेटेड–DWC) मोटाईका पाइप बिछ्याएर शङ्खमूलको बागमती नदी किनारस्थित ढल संजालमा लगेर जोडिनेछ । यी पाइपबाट प्रवाह हुने फोहोर पानी धोविघाटस्थित फोहोरपानी प्रशोधन केन्द्रमा प्रशोधन गरी नदी खोलामा स्वच्छ एवम् सफा पानी प्रवाह गरिनेछ भने आकाशेपानी ओभरफ्लो संरचनाबाट बाइपास गरी बागमती नदीमा मिसाइनेछ ।

एसियाली विकास बैङ्कको सहयोगमा नेपाल सरकार र ललितपुर महानगरपालिकाको संयुक्त लगानी गरी करिव रू. ४८ करोडको कूल लागत रहेको ढल निर्माण कार्य आगामी पुससम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

वि.सं.२०७९ जेठ ११ बुधवार १३:३१ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...