back
NMB ad

जोन्टा कल्ब अफ काठमाडौंको नवौं बार्षिक साधारणसभा सम्पन्न

Kumari bank ad

काठमाडौं । जोन्टा कल्ब अफ काठमाडौंको नवौं बार्षिक साधारणसभा ठमेलको अलोफ्ट होटलमा सम्पन्न भएको छ । जोन्टा कल्ब विश्वका ६७ देशमा फैलिएको गैर नाफा मुलुक सस्था हो। नेपालमा बिगत नौ बर्ष देखि स्वाथ्य , शिक्षा, मानवअधिकार, समानता र आर्थिक सशक्तीकरण, बाल बिवाह ,मानव बेचबिखन , लैङ्गिक हिंसा र विभेद लगाएत बिभिन्न क्षेत्रमा काम गरिरहेको जोन्टा कल्ब अफ काठमाडौंले जनाएको छ।

कार्यक्रममा उक्त क्लबको निवर्तमान प्रेसिडेन्ट सिमा गोल्छाले आफ्नो दुई वर्षे कार्यकाल समापन भएर नयाँ प्रेसिडेन्ट चयन गर्दै आभा शाहलाई कार्यभार हस्तान्तरण गर्नु भयो । उहाँले आफ्ना कार्यकालमा भएका कार्यहरु र नविनतम पहलहरुका बारेमा जानकारी गराउनु भएको थियो । कोरोनाको कहरमा पुरा विश्व नै ठप्प भएको बेलामा पनि दृढ़ संकल्प र अटुट साहसका साथ उहाँले जोन्टा कल्ब अफ काठमाण्डौँले गरेका उदाहरणिय कार्यहरुको बारेमा जानकारी गराउनु भयो ।

सो समारोहमा नव निर्वाचित आभा शाहले आफूले मन, वचन र कर्मले जोन्टाको सेवा गर्ने र साथै नेपाली महिलाहरुका हक हित, अधिकार, शिक्षा, रोजगार र आर्थिक सशक्तिकरणमा जोडदार रूपमा कटिबद्ध भएर लाग्ने प्रण गर्नुभयो।

उक्त कार्यक्रममा भाइस एरिया डाइरेक्टर मिरा ज्योती , भाइस प्रेसिडेन्ट कमल केशरी तुलाधर ,टेर्जरर मृदुला राजभण्डारी, तथा भुतपूर्व प्रेसिडेन्टहरू र व्यवस्थापक समितिका सदस्यहरुले जोन्टा कल्बले गरिरहेको कामको चर्चा र गर्नु पर्ने कार्यको बारेमा सुझाव र धारणा राख्नुभएको थियो । साथै कार्यक्रममा ६ जना नव प्रवेशीहरु पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, निशा के सी, सितु प्रधान, स्वस्तिका खनाल , निसि टिब्रेवाल खेतान र गौरी ठकुरीलाई सदस्यता प्रदान गरिएको थियो ।

वि.सं.२०७९ जेठ १८ बुधवार १३:४२ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...