back
NMB ad

पर्यटन र उत्पादनमूलक उद्योगले व्याजमा छुट पाउने

Kumari bank ad

काठमाडौं । पर्यटन, उत्पादनमूलक र तोकिएका अन्य विशेष उद्योगले यसअघि लिएको कर्जाको ब्याज छुट पाउने भएका छन्। गत १२ वैशाखको भूकम्प र तराई–मधेसको आन्दोलन तथा भारतको अघोषित नाकाबन्दीका कारण असहज परिस्थिति उत्पन्न भएकाले यस्तो सुविधा दिन लागिएको हो।

ऋणको ब्याज भुक्तानीको पुनरतालिकीकरण गर्ने तथा केही मात्रामा ब्याज छुट दिने सरकारको तयारी छ। तराई–मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीले अर्थतन्त्रमा पारेको प्रभावको सन्दर्भमा सरकारले जारी गरेको श्वेत पत्र कार्यान्वयन कार्ययोजनामा यस्तो उल्लेख गरिएको छ। सो कार्ययोजनामा पर्यटन तथा उत्पादनमूलक उद्योगका साथै दुध, तरकारी र मासु उत्पादक किसानले लिएको ऋणको ब्याज भुक्तानीको पुनरतालिकीकरण गर्ने तथा केही मात्रामा ब्याज छुट दिने व्यवस्था गरिने उल्लेख छ।

नेपाल राष्ट्र बैंकले यसअघि पनि कर्जाको सावाँ र ब्याज तिर्ने समय एक महिना थप गरिसकेको छ। कार्यविधि बनाउने समयसीमा यही पुस मसान्तसम्म तोकिएको छ। कार्यविधि बनाउनका लागि अर्थ मन्त्रालयलाई जिम्मेवारी दिइएको छ। सो कार्यका लागि राष्ट्र बैंकलाई सहयोगी निकाय तोकिएको छ।

यस्तै, सरकारले भूकम्पपीडित उद्योग प्रतिष्ठानलाई सहयोग गर्न पुनरुत्थान कोष खडा गर्ने भनेको छ। त्यस्तो कोषको कार्यविधि पनि पुस मसान्तसम्ममा तयार हुनेछ। कोषको मस्यौदा राष्ट्र बैंकले तयार पारिसकेको छ।

कोषमा भएको रकम भूकम्पका कारण क्षति भएका उद्योग प्रतिष्ठानहरूले ६ प्रतिशत ब्याजमा प्रयोग गर्न पाउने प्रस्ताव मस्यौदामा छ।

– राजधानी दैनिकबाट

वि.सं.२०७२ पुस ५ आइतवार ०७:४३ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...