काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन अर्थात विहीबार ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९८ हजार ५ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने ९८ हजार रुपैयाँ तोकिएको छ । तेजावी सुन अघिल्लो दिन ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, उक्त दिन चाँदीको मूल्यमा बढोत्तरी आएको छ। आज चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भई १ हजार २९० रुपैयाँ पुगेको छ ।
वि.सं.२०७९ जेठ २० शुक्रवार ११:१५ मा प्रकाशित