काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकले संस्थापक सेयरधनी निरेन्द्र मोहन भट्टराईको नाममा रहेको २८ हजार ६२६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको बिक्री मूल्य भने उल्लेख गरिएको छैन ।
उक्त संस्थापक सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।
सेयर खदिका लागि आजैका मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा लिखित निवेदन दिनुपर्नेछ ।
तोकिएको उक्त अवधिमा विद्यमान संस्थापकहरुले आवेदन नदिएको खण्डमा प्रचलित कानून बमोजिम अन्य बिक्री प्रक्रिया अघि बढाईने बैंकले जनाएको छ ।
वि.सं.२०७९ जेठ २० शुक्रवार ११:३० मा प्रकाशित