back
NMB ad

भोलि तीन कम्पनीको विशेष तथा साधारण सभा हुँदै, कुनको कस्ता छन् एजेण्डा ?

Kumari bank ad

काठमाडौं । भोलि अर्थात जेठ २३ गते तीन कम्पनीको विशेष तथा साधारण सभा हुँदैछ ।

सोमबार युनाईटेड इन्स्योरेन्स कम्पनीको साधारण सभा, लाफिङ्ग बुद्ध पावर र मिड सोलु हाइड्रोपावरको विशेष साधारण सभा हुने भएको हो ।

सोमबार युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को साधारण हुँदैछ । सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नेछ ।

यसका साथै चालू आर्थिक वर्षकोको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्गो लगाउनेछ ।

यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । पूँजी वृद्धिका लागि बीमा समितिले जोड दिइरहँदा कम्पनीले मर्जर तथा प्राप्ति प्रकृयाबाट पूँजी वृद्धि गर्ने योजना बनाएको देखिन्छ ।

कम्पनीले सभाको विशेष प्रस्तावमा भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भन्दै सोको आवश्यक कार्यका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

यस्तै, लाफिङ्ग बुद्ध पावर नेपालले पनि भोलि अर्थात जेठ २३ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीले सभा कम्पनीको कार्यालय काठमाडौंमा दिनको १ बजे हुनेछ ।

सभाले अधिकृत तथा जारी पूँजी वृद्धि गर्न प्रबन्ध पत्र संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले कम्पनीको ठेगाना परिवर्तन गरी प्रबन्धपत्रको दफा २ तथा नियमावलीको नियम २ मा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यता, मिड सोलु हाइड्रोपावर कम्पनीले भोलि विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले कम्पनीको हाल कायम पूँजी संरचना संशोधन गर्ने र सोका लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले पूँजी वृद्धि पछि सोही बमोजिम आईपीओ निष्काशन गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

वि.सं.२०७९ जेठ २२ आइतवार १३:०९ मा प्रकाशित

You can share this post!

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२९

नयाँदिल्ली, १ जेठ : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति...

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२५

काठमाडौँ, १ जेठः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:१४

काठमाडौँ, १ जेठः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

वि.सं.२०८१ जेठ १ मंगलवार ११:५६

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि...

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

वि.सं.२०८१ जेठ १ मंगलवार ११:४९

काठमाडौँ, १ जेठः सरकारले ‘गणतन्त्र दिवस’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...