back
NMB ad

यस्तो छ बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँडको तयारी, कतिको हुँदैछ हात खाली ?

Kumari bank ad

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँडका लागि तयारी थालिएको छ । कम्पनीको आईपीओ बाँडफाँडका लागि यति बेला डाटा भेरिफीकेशनको कार्य भईरहेको छ ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीको आईपीओको डाटा भेरिफीकेशनको कार्य चलिरहेको र प्रि–अलटमेन्ट सकेपछि यसैसाता बाँडफाँड गरिने बताएको छ ।

कम्पनीले गत जेठ २० गतेदेखि सर्वसाधारणका लागि १ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता आईपीओ निष्काशन गरेको हो ।

कुल सेयरमध्ये ६० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोष र बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सकिने व्यवस्था गरेको थियो ।

कम्पनीले उक्त आईपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो ।

कम्पनीको आईपीओमा १८ लाख ४८ हजार ७ सय १ जनाले २ अर्ब १९ करोड ७२ लाख ५२ हजार रूपैयाँ बराबरको २ करोड १९ लाख ७२ हजार ५ सय २० कित्ताका लागि आवेदन दिएका छन् ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । कम्पनीको आईपीओमा रितपूर्वक आवेदन दिने १ लाख ३६ हजार ५ सय जना १०/१० कित्ता हात पार्नेछन् भने बाँकी १७ लाख १२ हजार २ सय १ जनाको भने हात खाली हुने देखिएको छ ।

वि.सं.२०७९ जेठ ३० सोमवार १६:३२ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...