back
NMB ad

बेँसीसहर–चामे सडक भासियो

Kumari bank ad

लमजुङ । लमजुङ–मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडक भासिएको छ । केही दिनदेखि निरन्तर वर्षासँगै पानीको बहाव बढेर मस्र्याङ्दी नदीले आज बिहान १० बजेतिर सडकमा असर पु¥याउँदा बेँसीसहर नगरपालिका–६ खरखरे भिरको सडक भासिएको हो ।

डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी पुरुषत्तोम अधिकारीले भन्नुभयो, “केही दिनदेखि परेको पानीले खरखरे भिरमा नै मूल पलाएको छ, त्यही पानीको भल र तलपट्टि मस्र्याङ्दी नदीले खोतलेका कारण सडक भासिएको हो ।

यहाँ करिब सात/आठ मिटर लम्बाइ सडक भासिएको उहाँको भनाइ थियो । यस स्थानमा चार दिनअघि पनि सडक अवरुद्ध भएको थियो । यहाँ बर्सेनि बर्खायाममा दैनिकजसो सडक अवरुद्ध हुने गर्दछ । सडक अवरुद्ध भएपछि कार्यालयको एक्साभेक्टरले खुलाउनका लागि प्रयास गरिरहेको र कति समय लाग्ने भन्ने यकिन नभएको उक्त कार्यालयका सूचना अधिकारी अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सधैँ यहाँ सडक अवरुद्ध भइरहने भएकाले हामीले हाम्रो एक्साभेक्टर तैनाथ गरेर अवरुद्ध हुनासाथ खुलाउने प्रयास गर्दै आइरहेका छौँ । विगतका वर्षहरुमा यहाँ ठूलो पहिरा गएकाले र बेलाबेलामा ठूलाठूला ढुङ्गाहरु झर्दा सडक अवरुद्ध हुने गरेको छ । बेँसीसहर–चामे सडक ६५ किलोमिटर लामो दूरी छ ।

यस सडकमा दैनिक दर्जनौँ सवारीसाधन आवतजावत गर्दछन् । उक्त स्थानमा अहिले पनि सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परिरहेका छन् ।

वि.सं.२०७९ असार ३ शुक्रवार १३:१३ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...