back
NMB ad

जुनलाई अन्तर–राष्ट्रिय योग महिनाको रुपमा मनाउँदै आर्ट अफ लिभिङ नेपाल

Kumari bank ad

काठमाडौं । आर्ट अफ लिभिङले सन् २०१५ देखि विभिन्न किसिमका योग कार्यशालाहरु र जनचेतनामुलक अभियानहरु सञ्चालन गर्दै जुन महिनालाई योग महिनाको रूपमा मनाउँदै आएको छ । र, यसै सिलसिला अन्तर्गत यो वर्ष आर्ट अफ लिभिङले विभिन्न सरकारी तथा निजी विद्यालय, कलेज, आर्मी क्याम्प, सशस्त्र प्रहरी बल र अन्य संस्थाहरुका लागि पनि लागि योग कक्षाहरु सञ्चालन गर्दैछ ।

आर्ट अफ लिभिङले विश्व सम्पदा क्षेत्रहरूमा पनि योग महोत्सव आयोजना गर्दैछ जहाँ विभिन्न पेशा, व्यवसाय र उमेर समुहका मानिसहरू स्वतन्त्र रूपमा सहभागी हुन सक्छन् । असार १३ गते वसन्तपुर दरबार स्क्वायरबाट शुरु भएको यो कार्यक्रममा विभिन्न पृष्ठभूमिका १०० भन्दा बढी व्यक्तिले योग गरेका थिए ।

यो योग श्रृङ्खला महादेवथान,मातातीर्थ,स्वयम्भुनाथ स्तुपा, बौद्धनाथ स्तुपा लगायत काठमाडौँका अन्य विभिन्न स्थानहरुमा संचालन गरिएको थियो । सद्भाव र सदाचार्यको नेपाली संस्कृतिलाई झल्काउँदै आईटी व्यवसायीहरु, विद्यार्थीहरू, ब्रिटिश गोर्खा प्रशिक्षार्थीहरू, कराते अभ्यासकर्ताहरू, गृहिणीहरू लगायत विभिन्न समुदाय र पृष्ठभूमिबाट योग गर्न र यसको महत्व झल्काउनको लागि मानिसहरु सहभागि हुँदै आएका छन् ।

त्यस्तै गरी आर्ट अफ लिभिङ नेपालले आर्मी र सशस्त्र प्रहरी बलका लागि पनि क्रमशः जुन २० र जुन २२ मा विशेष योग कार्यक्रम तय गरेको छ ।

आर्ट अफ लिभिङ नेपालका योग गुरुहरुले काठमाडौँ उपत्यका बाहिर पनि पोखरा, चितवन, लुम्बिनी, बुटवल, भैरवा, धनगढी, दाङ, विराटनगर, झापा लगायतका स्थानहरुमा निःशुल्क योग कक्षा सञ्चालन गर्दै आएका छन् । आर्ट अफ लिभिङ नेपालकि योगा को–अर्डिनेटर रिया थापाको संयोजकत्वमा यी योग कक्षाहरु संचालन भइरहेका छन् ।

मानव स्वास्थ्य र खुशीमा केन्द्रित आर्ट अफ लिभिङ नेपालको यो वर्षको योग दिवसको थिम “मानवताका लागि योग” रहेको छ । कार्यक्रमको अन्त्यमा साँझको सत्संग र आर्ट अफ लिभिङका संस्थापक, आध्यात्मिक गुरु एवम मानवतावादका प्रवर्तक् श्री श्री श्री रवि शंकरद्वारा पतञ्जलि योगको बारेमा प्रवचन पनि सुनाउने कार्यक्रम रहेको छ । वहाँ आँफै पनि सम्पूर्ण विश्वको लागि अनलाइन योग कक्षा सञ्चालन गर्नुहुन्छ ।

यसको मुख्य कार्यक्रम जुन २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर बिहान ६ः३० बजे वल्र्ड ट्रेड सेन्टरको डिइसीसी हलमा हुँदैछ जहाँँ आर्ट अफ लिभिङ काठमाडौँको सम्पूर्ण परिवार सहभागि हुनेछ । कार्यक्रममा माननीय युवा तथा खेलकुद मन्त्री श्री महेश्वर जङ गहतराज अथकज्युको प्रमुख आतिथ्यता रहनेछ ।

आर्ट अफ लिभिङ नेपालले योगा डे अनलाइन र अफलाइन दुबै तरिकाले मनाउँदै आएको छ । योग आँफै मा एउटा कार्य कौशलता हो । योग गर्नाले जीवनमा अझ धेरै काम गर्ने उर्जा मिल्छ । तन, मन र आत्माको मिलनको महसुस गर्न र योगको फाईदा लिन चाहने सम्पूर्णले यस कार्यक्रममा भाग लिन सक्नेछन् ।

वि.सं.२०७९ असार ६ सोमवार १०:४१ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...