back
NMB ad

दोर्दी खोला जलविद्युतको आइपीओ बाँडफाँडका लागि मिति तय, कति हुँदैछ हात खाली ?

Kumari bank ad

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ बाँडफाँडका लागि मिति तय भएको छ । कम्पनीको आईपीओ भोलि अर्थात असार ८ गते बुधवार बाँडफाँड हुने भएको हो ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार भोलि बिहान ९ बजे आफ्नै कार्यालय नारायण नक्साल काठमाडौंमा बाँडफाँड हुने भएको हो ।

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी २० लाख १९ हजार ८३९ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको थियो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म कुल १५ लाख ६४ हजार ५२२ जनाले १ करोड ७९ लाख ३३ हजार ७० कित्ताका बराबरको कुल १ अर्ब ७९ करोड ३३ लाख ७ हजार रुपैयाँ बरारको आवेदन परेको थियो ।

जसमा २ लाख १ हजार ९८६ जनाले मात्र सेयर पाउँने छन् भने १३ लाख ६२ हजार ५३६ जनाको हात खाली हुने भएको छ ।

वि.सं.२०७९ असार ७ मंगलवार १२:५७ मा प्रकाशित

You can share this post!

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ १ मंगलवार १५:१३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १४:५४

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य...

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:३८

झापा, १ जेठः विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक...

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:०५

काठमाडौँ, १ जेठः चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट...

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

वि.सं.२०८१ जेठ १ मंगलवार १३:५९

काठमाडौँ, १ जेठः नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र...