back
NMB ad

कोसी करिडोरले आयोजना प्रभावित क्षेत्रको सडक स्तरोन्नति गर्ने

Kumari bank ad

फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा निर्माणधीन २२० केभी कोसी करिडोरले दोभान–तिरतिरे–तेल्लाबुुङ खण्डको सडक स्तरोन्नति गरिदिने भएको छ । करिडोरको सबस्टेशनले प्रभाव पार्ने उक्त सडकखण्डको स्तरोन्नति गरिदिने भएको हो ।

मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुमा हाल नेपाल विद्युत् प्राधिकरणले कोसी करिडोर आयोजनाको २२० केभी प्रसारण लाइनको सबस्टेशन निर्माण हुँदै आएको छ । सबस्टेशन आयोजना प्रभावित क्षेत्र दोभान–तिरतिरे–तेल्लाबुङ हुँदै वनपाला क्षेत्रसम्मको सडकखण्ड स्तरोन्नति करिडोरले गर्ने भएको हो । सबस्टेशन निर्माणका सामग्री ढुवानी गर्दा प्रयोग हुने उक्त सडकखण्डा स्तरोन्नति गर्ने सहमति भएको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो ।

आयोजनाको बजेटको परिधिका आधारमा सडक स्तरोन्नतिको काम कार्यान्वयन गर्ने निर्णयसमेत भएको जिल्ला क्षतिपूर्ति निर्धारण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेले बताउनुभयो । आयोजनाले सडक स्तरोन्नतिको कार्य गर्ने भएपछि सो सहमति कार्यान्वयन गराउनमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने पालिका अध्यक्ष वनेमको भनाइ छ । हिउँदभर सञ्चालनमा आई हाल बन्द भएको मदन भण्डारी मार्गलाई वर्षा मौसममा पनि नियमित सञ्चालन गर्ने गरी गाउँपालिकाले पहल सुरु गरेको छ ।

यस्तै आयोजनाको कार्य अर्थात् विद्युत् प्रसारण लाइन विस्तार गर्दा मैवाखोला–१ र २ ढुङ्गेसाँघु तथा वडा नं ३ साँघुसम्म नै असर पु¥याउने देखिएको छ । विद्युत् टावर निर्माण गर्दा दायाँ–बायाँ १५–१५ मिटरभित्रको क्षेत्रमा असर पुग्ने भएकाले उक्त क्षेत्रमा पर्ने निजी जग्गाको साथै संरचना हटाउँदा आयोजनासँग क्षतिपूर्तिको मूल्याङ्कन विषयमा समन्वय भइरहेका आयोजनाले जनाएको छ ।

संरचनाको लागत मूल्याङ्कन गर्नलाई सहरी विकास तथा भवन निर्माण कार्यालयल इलामलाई पत्राचार गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो।

वि.सं.२०७९ असार ९ बिहीवार १३:३७ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...