back
NMB ad

११ महिनामा भित्रियो ३२ अर्ब ६९ करोड बढीको सुन, एक महिनामा १० प्रतिशतले बढ्यो आयात

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्ममा साढे ३२ अर्ब बढीको सुन आयात भएको छ ।

भन्सार विभागका अनुसार चालु आवको ११ महिनाको अवधिमा विश्वका विभिन्न मुलुकबाट ३२ अर्ब ६९ करोड ९४ लाख १८ हजार रुपैयाँ बराबरको सुन आयात भएको हो ।

उक्त अवधिमा युनाईटेड अरब इमिरेट्स (युएई), टर्की र स्वीटजरल्याण्डबाट ४ हजार ६५३ केजी सुन नेपाल भित्रिएको हो । सुन आयातबाट सरकाले ३ अर्ब ९५ करोड ५० लाख ५६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

एक महिना ( बैशाख मसान्तसम्म) को तुलनामा भने सुन आयात १०.०९ प्रतिशतले वृद्धि भएको छ । चालु आवको वैशाख मसान्तसम्ममा भने २९ अर्ब ७० करोड १० लाख ४९ हजार रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको हो ।

चालु आवको ११ महिनमा सबैभन्दा बढी सुन युएईबाट आयात भएको छ । उक्त देशबाट २६ अर्ब २ करोड ५६ लाख ५७ हजार रुपैयाँ बराबरको सुन आयात भएको हो । युएईबाट ३ हजार ६९२ केजी सुन नेपाल भित्रिएको हो ।

यस्तै, चालु आवको जेठ मसान्तसम्ममा टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको ८६१ केजी सुन आयात भएको छ ।

त्यसैगरि स्वीटजरल्याण्डबाट भने ७४ करोड ५० लाख १२ हजार रुपैयाँ बराबरको १ सय केजी सुन नेपाल भित्रिएको हो ।

वि.सं.२०७९ असार १० शुक्रवार १५:४८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...