back
NMB ad

किएभको आवासीय क्षेत्रमा रूसी हमला

Kumari bank ad

किएभ । रूसको आक्रमणविरूद्ध ऐक्यबद्धना जनाउन तथा युक्रेनलाई समर्थन गर्न जी सेभेनका नेताहरू जर्मनीमा छलफलमा जुटेका बेला आइतबार बिहान यहाँको आवासीय एवम् आसपासको क्षेत्रमा भयानक विस्फोट भएका छन् ।

उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो)शिखर सम्मेलनको तयारीमा रहेका नेताहरूलाई तर्साउने उद्देश्यले तीन सातापछि पुनः हमला भएको किएभ नगरका प्रमुख भिटाली क्लिट्स्कोले बताएका छन् । केही नगरवासीलाई बाहिर निकालिएको तथा दुईजना घाइतेलाई अस्पतालमा भर्ना गरिएको क्षतिग्रस्त भवनको भ्रमण गरेपछि उनले बताए भग्नावशेषमा मानिस रहेका अनुमान गरिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली सङ्घ र नाटोको भेलालाई सम्बोधन गर्ने अपेक्षा गरिएको बेला पोल्याण्डको सीमा नजिकका शहर शनिबार भएका आक्रमणबाट प्रभावित भएका थिए ।

आइतबारको आक्रमणको केही घण्टापछि जी सेभेन सदस्य क्यानडा, जापान र संयुक्त राज्य अमेरिकासँगै बेलायतले पनि मस्कोमाथि प्रतिबन्ध लगाउँदै उसको बहुमूल्य रत्न एवम् धातु निर्यात रोक्ने घोषणा गरेको छ । यो कदमले ‘रूसी कुलीन वर्गलाई प्रहार गर्ने र राष्ट्रपति भ्लादिमिर पुटिनको युद्ध संयन्त्रमा हान्ने’ प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।

बारभियन आल्पस्मा जारी बैठकपछि पश्चिमा गठबन्धनले मास्कोमाथि लगाइएका प्रतिबन्धहरूको प्रभावकारिताको समीक्षा गर्नका साथै किएभका निम्ति सम्भावित सहायता तथा दीर्घकालीन पुनर्निर्माण योजनाबारे छलफल गर्नेछ ।

युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ । यस अवधिमा रूसी आक्रमणले पूर्वी डोनबास क्षेत्रका शहरको प्रतिरक्षामा जुटेकाहरूलाई कमजोर बनायो भने लुहान्स्क प्रान्तको करिब ९५ प्रतिशत र छिमेकी डोनेस्क प्रान्तको करिब आधा भागमा रूसी सेनाले कब्जा जमाएको छ ।

वि.सं.२०७९ असार १२ आइतवार १७:०३ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...