back
NMB ad

एनएमबि बैंक र टान बीच सम्झौता, डिजीटल भुक्तानीमा सहजता

Kumari bank ad

काठमाडौं । एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशन अफ नेपाल (टान)को बीच डिजीटल सेवाहरु लाई प्राथमिकता दिनको लागी समझदारी भएको छ ।

उक्त समझदारी २०७९ अषाढ ९ मा सम्पन्न भएको हो । उक्त समझदारीको लागी बैंकको तर्फबाट प्रमुख ब्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टान को तर्फबाट अध्यक्ष खुब बहादुर सुबेदी बीच सम्झौता पत्र हस्तानान्तरण भएको छ ।

उक्त समझदारी पत्र मार्फत टानका सदस्यहरुले एनएमबि बैकको डिजीटल सेवाहरु सजीलै उपभोग गर्न सक्नेछन् ।

एनएमबि बैंकले डिजीटल सेवाहरु वी च्याट, पोस, क्युआर र पेमेन्ट गेटवे जस्ता सुविधाहरु प्राथमिकताको साथ प्रवाह गदै आईरहेको छ ।

यी सेवाहरुले गर्दा टानका सदस्यहरु लाई ब्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिइएको छ । एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोवारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

वि.सं.२०७९ असार १५ बुधवार १६:०३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...