back
NMB ad

धादिङको सिम्लेमा माछापुच्छ्रे बैंकको नयाँ शाखा संचालन

Kumari bank ad

काठमाडौं ।माछापुच्छ्रे बैंकले बाग्मती प्रदेशको धादिङ स्थित सिम्लेमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले मिति असार १७ गते शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरि नयाँ शाखाको समुद्घाटनगरेको हो ।

१६५ औ उक्त शाखा कार्यालयको नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्व प्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्य एंव माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले संयुक्त रुपमा समुद्घाटन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा बैंकका नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालको पनि उपस्थिती रहेको थियो ।
धादिङ्ग जिल्लामा खोलिएको नयाँ शाखा सगैँ यस जिल्लामा मात्रै बैंकका ४ वटा शाखा सञ्चालनमा रहेका छन् ।

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।

वि.सं.२०७९ असार १७ शुक्रवार १५:४८ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...