back
NMB ad

ग्लोबल आइएमई बैंकले कमायो ५ अर्ब बढी नाफा, वितरण योग्य मुनाफा पनि ३ अर्ब बढी (विवरणसहित)

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकको वित्तीय विवरण अनुसार  गत आवको असार मसान्तसम्ममा बैंकले ५ अर्ब २० करोड ६४ लाख ५० हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने २५ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमासमा बैंकले ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि १७.५२ प्रतिशतले वृद्धि भई १० अर्ब ७४ करोड ६ लाख १८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको असार मसान्तसम्ममा बैंकको यो आम्दानी ९ अर्ब १३ करोड ९१ लाख २८ हजार रुपैयाा रहेको थियो ।

गत आवको असार मसान्तसम्ममा बैंकले संचालन मुनाफा पनि २६.९० प्रतिशतले वृद्धि भई ७ अर्ब ५६ करोड १ लाख ५० हजार रुपैयाँ पुगेको छ । उक्त अवधिमा बैंकको वितरण योग्य मुनाफा पनि १५.८५ प्रतिशतले बढेर ३ अर्ब १९ करोड ९५ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

उक्त अवधिमा बैंकको २ अर्ब ७७ अर्ब ४९ करोड २० लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ५८ अर्ब ५४ करोड ४४ लाख २३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने १३ अर्ब ३५ करोड २६ लाख ११ रुपैयाँ राखेको छ ।

उक्त अवधिमा बैंकले खराव कर्जा पनि घटाएको छ । अघिल्लो आवको असार मसान्तसम्ममा १.४१ प्रतिशत रहेको खराब कर्जा गत आवको सोही अवधिमा आईपुग्दा भने १.२२ प्रतिशतमा झारेको छ ।

गत आवको असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ६३ पैसाले बढेर २१ रुपैयाँ ८८ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने ५ रुपैयाँले बढेर १५६ रुपैयाँ ११ पैसा पुगेको छ ।

वि.सं.२०७९ साउन ६ शुक्रवार १०:३५ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...