back
NMB ad

लुम्बिनी विकास बैंकको नाफामा लछाङ : प्रतिसेयर आम्दानी पनि बढ्यो, कस्तो छ वित्तीय प्रगति ?

Kumari bank ad

काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार गत आवको असार मसान्तसम्ममा बैंकले ६७ करोड ५६ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५५.६९ प्रतिशतले बढी हो ।

अघिल्लो आवको चौंथो त्रैमासमा बैंकले ४३ करोड ३९ लाख ६७ हजार रुपैयाँ नाफा गरेको थियो ।
उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ३०.१५ प्रतिशतले वृद्धि भई १ अर्ब ५७ करोड ६० लाख ९० हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, गत आवमा बैंकको संचालनमा मुनाफा पनि ६०.०२ प्रतिशतले बढेर ९७ करोड ३ लाख २८ हजार रुपैयाँ पुगेको छ । बैंकको यो मुनाफा अघिल्लो आवको चौंथो त्रैमासमा भने ६० करोड ६३ लाख ८२ हजार रुपैयाँ रहेको थियो । गत आवमा बैंकको वितरण योग्य मुनाफा भने २९.२४ प्रतिशतले वृद्धि भई ४७ करोड ९२ लाख २६ हजार रुपैयाँ कायम भएको छ ।

बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने २ अर्ब ५३ करोड ५० लाख ६६ हजार रुपैयाँ राखेको छ ।

गत आवमा बैंकले खराब कर्जा पनि ०.४९ प्रतिशतले घटाएर १.६८ प्रतिशतमा झारेको छ । अघिल्लो आवको चौंथो त्रैमासमा बैंकको यो कर्जा २.१७ प्रतिशत रहेको थियो ।

बैंकको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ ६४ पैसाले बढेर २० रुपैयाँ ५७ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने १७७ रुपैयाँ १९ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन ८ आइतवार ११:२८ मा प्रकाशित

You can share this post!

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...