back
NMB ad

एनसीसी बैंकको नाफामा छलाङ : वितरण योग्य मुनाफा पनि १०६%ले बढ्यो, ईपीएस कति ?

Kumari bank ad

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार बैंकले उक्त अवधिमा २ अर्ब २ करोड २२ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको असार मसान्तसम्मको तुलनामा भने यो ५१.९८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ३३ करोड ६ लाख २५ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ३१.९३ प्रतिशतले वृद्धि भई ४ अर्ब १५ करोड ५६ लाख ५१ हजार रुपैयाँ पुगेको छ । बैंकको संचालन मुनाफा पनि ३९.१७ प्रतिशतले बढेर २ अर्ब ६७ करोड २१ लाख २९ हजार रुपैयाँ कायम भएको छ । गत आवको चौंथो त्रैमाससम्ममा बैंकको वितरण योग्य मुनाफा पनि १०६.२६ प्रतिशतले बढेर १ अर्ब ४७ करोड ४२ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, उक्त अवधिमा बैंकको खराब कर्जा भने ०.१७ प्रतिशतले वृद्धि भई १.९३ प्रतिशत पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा भने यो कर्जा १.७६ प्रतिशत रहेको थियो ।

बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख ६७ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने ५ अर्ब ३२ करोड ३९ लाख ९ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा बैंकको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ २५ पैसाले बढेर १८ रुपैयाँ १५ पैसा कायम भएको छ । प्रतिसेयर नेवटर्थ भने १४७ रुपैयाँ ७९ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन ९ सोमवार ०९:१८ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...