back
NMB ad

ग्लोबल आइएमई लघुवित्तले कमायो २५ करोड नाफा, प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले गत आवको असार मसान्तसम्ममा २५ करोड ५ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १०.०४ प्रतिशतले बढी हो । अघिल्लो आवको असार मसान्तसम्ममा कम्पनीले २२ करोड ७६ लाख ५४ हजार रुपैयाँ कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २५.३१ प्रतिशले वृद्धि भई ५६ करोड ७८ लाख ६२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको चौंथो त्रैमासमा कम्पनीको यो आम्दानी ४५ करोड ३१ लाख ७१ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको संचालन मुनाफा पनि २६.९३ प्रतिशतले बढेर ३९ करोड ७६ लाख ५३ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आवको असार मसान्तसम्मम कम्पनीले ३१ करोड ३२ लाख ९४ हजार रुपैयाँ संचालन मुनाफा गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी ५२ करोड २५ लाख ८९ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ४६ करोड ९ लाख ९७ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीले खराब कर्जा पनि घटाएको छ । अघिल्लो आवको चौथो त्रैमासमा २.६६ प्रतिशत रहेको खराब कर्जा गत आवको सोही अवधिमा आईपुग्दा भने १.६४ प्रतिशतमा झारेको छ ।

यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ४२ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन १० मंगलवार ११:५६ मा प्रकाशित

You can share this post!

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...

आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै २९औँ पटक सगरमाथाको चुचुरोमा कामिरिता शेर्पा  

आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै २९औँ पटक सगरमाथाको चुचुरोमा कामिरिता शेर्पा  

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:२७

काठमाडौँ, ३० वैशाख : आरोही कामिरिता शेर्पाले आज बिहान २९औँ...

काठमाडौँ उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छः मन्त्री भण्डारी   

काठमाडौँ उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छः मन्त्री भण्डारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:०३

काठमाडौँ, ३० वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौँ...

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वि.सं.२०८१ वैशाख ३० आइतवार १६:१४

काठमाडौँ, ३० वैशाख : काठमाडौँ उपत्यका वायु प्रदूषणको हिसाबले आज...

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख ३० आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...