back
NMB ad

सहकारी विभागमा पठाउनु भयो त संघ/संस्थामा रहेको ऋण, रोक्का जग्गाको विवरण ?

Kumari bank ad

काठमाडौं । पुराना साझा (सहकारी) संघ/संस्थामा रहेको ऋण तथा रोक्का जग्गाको विवरण पठाउन सहकारी विभागले निर्देशन दिएको छ ।

पुराना साझा (सहकारी) संस्थाको सम्पत्ति, दायित्व यकिन गर्न तथा सदस्यको ऋण व्यवस्थापन गरी रोक्का भएका जग्गा फुकुवा गर्नका विभागले निर्देशन दिएको हो ।

एक सूचना निकाल्दै विभागले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको निर्णय अनुसार उक्त विवरण पठाउन निर्देशन दिएको जनाएको छ ।

सूचना अनुसार विभागका रजिष्ट्रारको संयोजकत्वमा गठन भएको कार्यदलको बैठकको निर्णयबाट साविकका संस्थामा आवद्ध रहेका सदस्यहरुले संस्थागत २०४९ जेठ २ अगावै गरेको ऋणको कारोबारबाट उल्लेखित विषयहरु स्पष्ट रुपमा खुल्नेगरी साउन १७ भित्र पठाउनुपर्नेछ । विवरण इमेल ठेगाना [email protected] वा सहकारी विभाग, नयाँ बानेश्वर काठमाडौंमा पठाउनुपर्नेछ ।

संस्थाले साझा (सहकारी) संस्थालाई हालसम्म तिर्न बाँकी रहेको साँवा, ब्याज, हर्जना समेत जम्मा तिर्नुपर्ने दायित्व रकम, संस्थाका सदस्यको नाममा रोक्का रहेको घरजग्गा र रोक्का राख्ने बैंकको विवरण तथा संस्थाका सदस्यलाई ऋण प्रवाह गर्ने शिलशिलामा तत्कालिन साझा (सहकारी)संघ संस्थाले कृषि विकास बैंकसँग लिएको ऋणको विवरण समेत पठाउन भनिएको छ ।

वि.सं.२०७९ साउन १० मंगलवार १२:११ मा प्रकाशित

You can share this post!

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०१

हेमन्त जोशी काठमाडौँ, ३१ वैशाख : ‘सुशासन, सामाजिक न्याय र...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:४९

कठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन...