back
NMB ad

४३.७७ प्रतिशतले बढ्यो एभरेष्ट बैंकको नाफा : प्रतिसेयर आम्दानी पनि वृद्धि, कस्तो छ अन्य सूचकहरु ?

Kumari bank ad

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त अवधिमा बैंकले २ अर्ब ५४ करोड ६० लाख ५९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको चौंथो त्रैमाससम्मको तुलनामा ४३.७७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ७७ करोड ९ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.१५ प्रतिशतले वृद्धि भई ५ अर्ब ४२ करोड ५९ लाख ७७ हजार रुपैयाँ कायम भएको छ । बैंकको यो आम्दानी अघिल्लो वर्षको चौंथो त्रैमासमा भने ३ अर्ब ९५ करोड ६३ लाख १९ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, गत आवको असार मसान्तसम्ममा बैंकको संचालन मुनाफा पनि ४२.८२ प्रतिशतले वृद्धि भई ३ अर्ब ६३ करोड ९६ लाख ५५ हजार रुपैयाँ पुगेको छ । बैंकको वितरण योग्य मुनाफा भने ३ अर्ब ८९ करोड ५४ लाख ५४ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी ९ अर्ब ४६ करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको छ । उक्त अवधिमा बैंकले जगेडा तथा कोषमा भने १३ अर्ब २२ करोड ६८ लाख ६० हजार रुपैयाँ राखेको छ ।

गत आवमा बैंकको खराब कर्जा झिनो (०.१२ प्रतिशतले) वृद्धि भई ०.२४ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि वृद्धि भएको छ । उक्त अवधिमा बैंकको यो आम्दानी ७ रुपैयाँ ७ पैसाले बढेर २६ रुपैयाँ ८९ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने २४० रुपैयाँ ७३ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन १२ बिहीवार ११:१५ मा प्रकाशित

You can share this post!

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३४

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८१/ ८२...

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३०

काठमाडौँ, १५ जेठ : सरकारले आर्थिक वर्ष २०८१/८२ को मा...

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२६

काठमाडौँ, १५ जेठ : सरकारले पूँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको...

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२२

काठमाडौँ, १५ जेठ : सरकारले वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि...

सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच पु-याउने   

सन् २०३० सम्म स्वच्छ खानेपानीमा सबैको पहुँच पु-याउने   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:१७

काठमाडौँ, १५ जेठ : सरकारले सन् २०३० सम्म स्वच्छ खानेपानीमा...

एक अर्बको नेपाल स्टार्टअप कोष स्थापना   

एक अर्बको नेपाल स्टार्टअप कोष स्थापना   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:१४

काठमाडौँ, १५ जेठ : सरकारले स्टार्ट अप उद्यमीको वित्तीय आवश्यकता...