काठमाडौं । लुम्बिनी विकास बैंकको सेयर मूल्यमा उछाल आएको छ । साताको अन्तिम कारोबार दिन बैंकको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
शुक्रबार दुई घण्टा खुलेको कारोबारमा बैंकको सेयर मूल्य ८.८४ प्रतिशतल अर्थात प्रतिकित्ता ३४ रुपैयाँ ९० पैसाले वृद्धि भएको हो । योसंगै बैंकको सेयर मूल्य आज ४२९ रुपैयाँ ९० पैसा कायम भएको छ ।
उक्त दिन बैंकको ९ करोड ३४ लाख ३ हजार रुपैयाँ बराबरको २ लाख २३ हजार ४५२ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७९ साउन १३ शुक्रवार १४:१९ मा प्रकाशित