back
NMB ad

नाडेप लघुवित्तको नाफामा २९ प्रतिशतले कमी : प्रतिसेयर आम्दानी पनि घट्यो ? कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले ११ करोड बढी नाफा कमाएको छ ।

कम्पनीले सोमबार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरण अनुसार गत आवको चौंथो त्रैमासमा कम्पनीले ११ करोड ४० लाख ९६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने २८.९६ प्रतिशतले कमी हो । अघिल्लो वर्षको असार मसान्तसम्ममा कम्पनीले १६ करोड ६ लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि १७.९५ प्रतिशतले घटेर ३९ करोड १० लाख १६ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको संचालन मुनाफामा पनि ४७.७५ प्रतिशतको गिरावट देखिएको छ । अघिल्लो आवमा २४ करोड ९७ लाख २६ हजार रुपैयाँ रहेको कम्पनीको यो मुनाफा गत आवमा भने १३ करोड ४ लाख ९३ हजार रुपैयाँ कायम भएको छ।

कम्पनीको चुक्ता पुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ३९ करोड २७ लाख ९ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा पनि १.३८ प्रतिशतले वृद्धि भई ४.३७ प्रतिशत पुगेको छ ।

यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी पनि ९ रुपैयाँ ५८ पैसाले घटेर २३ रुपैयाँ ४९ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १८० रुपैयाँ ८४ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन १६ सोमवार १०:३७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...