back
NMB ad

आरएमडीसी लघुवित्तले कमायो साढे ३५ करोड नाफा, प्रतिसेयर आम्दानी पनि वृद्धि

Kumari bank ad

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले गत आवमा ३५ करोड ४९ लाख ८ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको चौंथो त्रैमासको तुलनामा ९९.४८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १७ करोड ७९ लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ४९.५९ प्रतिशतले बढेर ६० करोड ५३ लाख ४२ हजार रुपैयाँ र संचालन मुनाफा पनि ८६.०१ प्रतिशतले बढेर ५१ करोड ४१ लाख ४१ हजार रुपैयाँ पुगेको छ । कम्पनीको वितरण योग्य मुनाफा ४४ करोड ५५ लाख ३७ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २ अर्ब ८ करोड ७२ लाख २७ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३९ पैसाले बढेर २६८ रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ २६८ रुपैयाँ १८ पैसा कायम भएको छ ।

वि.सं.२०७९ साउन १७ मंगलवार १२:०७ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...