back
NMB ad

वाणिज्य बैंकहरुले कमाए साढे ४७ अर्ब मुनाफा : ४ बैंकको नाफामा छलाङ, कुन कति अब्बल ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । करिब डेढ दर्जन वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७८/७९ को चौंथौ त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

हालसम्म संचालनमा रहेका मध्ये १७ वटा वाणिज्य बैंकहरुले गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

२६ वटा वाणिज्य बैंकहरुमध्ये हालसम्म एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक, प्रभु, सनराइज, माछापुच्छ्रे, सिटिजन्स, लक्ष्मी, सानिमा, एनसीसी बैंक, स्टयाण्डर्ड चार्टर्ड, एभरेष्ट बैंक, हिमालयन, कुमारी, सिद्धार्थ र नेपाल एसबि आई बैंकले गत आवको असार मसान्सम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

गत आवमा यी बैंकहरुले ४७ अर्ब ५७ करोड २९ लाख १५ हजार रुपैयाँ नाफा कमाएका छन् । बैंकहरुको यो नाफा अघिल्लो आवको चौंथो त्रैमासको तुलनामा भने २५.१५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा तुलनामा यी बैंकहरुले ३८ अर्ब १ करोड २० लाख ३३ हजार रुपैयाँ नाफा कमाएका थिए ।

गत आवको असार मसान्तसम्ममा सबैभन्दा बढी नाफा वृद्धि गर्नेमा नेपाल एसबिआई बैंकको रहेको छ । बैंकले गत आवमा ७०.३ प्रतिशतले नाफा वृद्धि गरि १ अर्ब ६३ करोड ८२ लाख ८४ हजार रुपैयाँ पुर्याएको छ । बैंकले अघिल्लो आवको सोही अवधिमा भने ९६ करोड ३४ लाख ७९ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।

सबैभन्दा बढी नाफा वृद्धि गर्नेको दोस्रो स्थानमा रहेको स्टायाण्डर्ड चार्टर्ड बैंकले गत आवमा २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ कमाएको छ । जुन अघिल्ले आवको चौंथो त्रैमासको तुलनामा ६२.२६ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आवको असार मसान्तमा भने १ अर्ब ७७ करोड ९ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवको असार मसान्तसम्मा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले २ अर्ब २ करोड ३३ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिमा तुलनामा ५१.९७ प्रतिशतले बढी हो ।

उक्त अवधिमा प्रभु बैंकले पनि गत आवमा ५१.१० प्रतिशत बढाएर २ अर्ब ६० करोड ३ लाख ९६ हजार रुपैयाँ पुर्याएको छ ।

यस्तै, उक्त अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा भने ग्लोबल आइएमई बैंक पहिलो स्थानमा देखिएको छ । बैंकले गत आवमा ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो वर्षको तुलनामा भने २५ प्रतिशतले बढी हो ।

गत आवमा नाफा बढी कमाउनेको दोस्रो स्थानमा एनआईसी एशिया बैंक रहेको छ । गत आवको असार मसान्तसम्मा बैंकको नाफा ३८.८६ प्रतिशतले बढेर ४ अर्ब ५२ करोड ५४ लाख २२ हजार रुपैयाँ पुगेको छ ।

यता, गत आवको असार मसान्तसम्म सनराइज बैंकले पनि ४८.६९ प्रतिशतले नाफा बढाएर २ अर्ब १५ करोड ९ लाख ४४ हजार रुपैयाँ पुर्याएको छ भने एभरेष्ट बैंकले ४३.७७ प्रीतशतले बढाएर २ अर्ब ५४ करोड ६० लाख ५९ हजार रुपैयाँ पुर्याएको छ ।

त्यसैगरि उक्त अवधिमा कुमारी बैंकको नाफा पनि ४३.८६ प्रतिशतले वृद्धि भई २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।

उक्त अवधिमा माछापुच्छ्रे बैंकले २ अर्ब १६ करोड ९ लाख, सिटिजन्स बैंकले २ अर्ब २५ करोड ११ लाख ७१ हजार, सिद्धार्थ बैंकले ३ अर्ब २१ करोड ९७ लाख ४१ हजार, प्राइम बैंकले ३ अर्ब ६८ करोड १२ लाख ३२ हजार र लक्ष्मी बैंकले १ अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ नाफा कमाएका छन् । यी बैंकहरुको नाफा क्रमशः ३४.४२ प्रतिशत, २४.७६ प्रतिशत, १२.७८, १२.६३ प्रतिशत र १.७६ प्रतिशतले वृद्धि भएको हो ।

गत आवको चौंथो त्रैमासमा सानिमा बैंकको नाफामा भने झिनो गिरावट देखिएको छ । गत आवको असार मसान्तमा बैंकको नाफा १.०७ प्रतिशतले घटेर २ अर्ब २९ करोड २९ लाख ९ हजार रुपैयाँ कायम भएको छ । बैंकले अघिल्लो आवमा बैंकको नाफा २ अर्ब ३१ करोड ७८ लाख २१ हजार रुपैयाँ रहेको थियो ।

वि.सं.२०७९ साउन १८ बुधवार १४:४७ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...