back
NMB ad

किन उत्रिए आफ्ना समर्थकका साथ डा केसी सडकमा

Kumari bank ad

काठमाडौं  । स्वास्थ्य र शिक्षाका बेथितिविरुद्ध आठौँ पटक अनशनमा बस्नुभएका डा गोविन्द केसी आज आफ्ना समर्थकका साथमा प्रदर्शन गदै सडकमा उत्रिनुभएको छ ।

स्थानीय माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका डा केसीका समर्थकले स्थास्थ्य र शिक्षाका बेथिति निम्त्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग९अदुअआ० का प्रमुख आयुक्त सक्रिय रहेको भन्दै उहाँविरुद्ध नारा लगाउँदै प्रदर्शनमा उत्रिए ।

प्रदर्शनमा सहभागी केसीले आफ्ना समर्थकसँगै नारा लगाउनुभएको थियो । उहाँका समर्थक विद्यार्थी लगायतले ‘डा केसी एक्लो छैनौ, हामी तिम्रो साथमा छाँै’ जस्ता नारा लगाएका थिए ।
प्रदर्शनपछि नयाँ बानेश्वरमा आयोजित कोणसभामा डा केसीले आफूसँग सरकारले गरेकोे सहमति उल्लङ्घन हुने सङ्केत देखिएको बताउनुभयो । सबै नेपालीको गुणस्तरीय शिक्षामा पहँुच होस्, पैसा बाधक नहोस् भनी आफूले आन्दोलन गरेको जानकारी गराउनुभयो ।

उहाँले अदुअआका प्रमुखले आफ्नो क्षेत्रभन्दा बाहिर गएर हस्तक्षेप गरेको र संविधानभन्दा माथि गएर सत्ता चलाइरहेको आरोप लगाउनुभयो ।

सभामा डा जीवन क्षेत्री, रञ्जु दर्सना, सिर्जना विश्वकर्मा र अस्मिना रञ्जितले केसीले उठाएका माग पूरा नभएसम्म आन्दोलन चलिरहने बताउनुभयो ।

प्रकाशितः २०७३ साउन १५

वि.सं.२०७३ साउन १५ शनिवार १६:३१ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...