back
NMB ad

एनबि बैंकलाई प्राप्ति गरेपछि कस्तो देखियो त नबिल बैंकको वित्तीय प्रगति ? ( विवरणसहित)

Kumari bank ad

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार गत आवमा बैंकले ४ अर्ब ९७ करोड २७ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने ९.८३ प्रतिशतले मात्र बढी हो । अघिल्लो वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ५२ करोड ७ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा बैंकको बैंकको खुद ब्याज आम्दानी ९ अर्ब ४३ करोड १९ लाख ८१ हजार रुपैयाँ रहेको छ । बैंकको यो आम्दानी अघिल्लो वर्षको चौंथो त्रैमासको तुलनामा भने १६.७९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ७ करोड ५८ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।

गत आवमा बैंकको संचालन मुनाफा पनि १३.९८ प्रतिशतले वृद्धि भई ७ अर्ब ९ करोड ६३ लाख ४२ हजार रुपैयाँ पुगेको छ । बैंकको वितरण योग्य नाफा ३ अर्ब ३७ करोड १४ लाख २२ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख ९ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने २९ अर्ब ७५ करोड ७ लाख ८४ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा बैंकको खराब कर्जा पनि झिनो घटेर १.५४ प्रतिशतमा झरेको छ ।

गत आवमा बैंकको प्रतिसेयर आम्दानी भने १० रुपैयाँ ९२ पैसाले घटेर २१ रुपैयाँ ७८ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने २३० रुपैयाँ ३७ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन २० शुक्रवार १०:३९ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...