धादिङ । धादिङको थाक्रे ७ का किसानहरुका लागि एभोकाडोको बिरुवा वितरण गरिएको छ ।
कृषीको दिगो विकास र जीविकोपार्जनमा आधारित एभोकाडो ग्रिन भिलेज प्रर्वद्धन कार्यक्रम अन्तर्गत किसानहरुका लागि एभोकाडोको बिरुवा वितरण गरिएको हो ।
कृषिको दिगो विकास र जीविकोपार्जनमा आधारित एभोकाडो ग्रिन भिलेज प्रर्वद्धन कार्यक्रम अन्तर्गत कार्वन फार्मस नेपालको प्राविधिक सहयोग, कालिका युवा क्लब र सातकन्या देवी युवा समाजको समन्वय, थाक्रे वडा नम्बर ७ र संस्थागत विकास सञ्जालको आर्थिक सहयोग र सिड्स नेपालको साझेदारीमा बिरुवा वितरण गरिएको हो । ।
थाक्रे ७ को लागि एभोकाडो ग्रिन भिलेज बनाउने उदेश्यले परिक्षणको लागि करिब १ सय ५० घर धुरीको लागि दशरदश बोटको दरले उक्त बिरुवा वितरण गरिएको थाक्रे गाउपालिका ७ का वडा अध्यक्ष युवराज खतिवडाले बताउनु भयो ।
कार्यक्रममा कृषि प्राबिधिक रामजी भट्टले एभोकाडो सार्ने र हुर्काउने बिधिबारे उपस्थित कृषकहरुलाई जानकारी गराउनु भएको थियो ।
थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापाको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सबिन सिह चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष सन्तबहादुर तामाङ्ग, थाक्रे गाउँपालिका एमालेका अध्यक्ष कृष्ण पन्त, सिड्स धादिङ्गका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, संस्थागत बिकास संजालको कोषाध्यक्ष मेघ बहादुर तामाङ्ग, कृषि प्राबिधिक रामजी भट्ट लगायतको सहभागिता रहेको थियो ।
वि.सं.२०७९ साउन २० शुक्रवार १०:४४ मा प्रकाशित